करेन्ट लागेर मृत्यु

बाँके, ७ चैत        

            नेपालगंज उपमहानगरपालिका-४ न्यूरोड बस्ने ४२ वर्षीया कल्ला कसगरको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ । आफ्नै घरमा मोटरको स्विच चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Comments are closed.