दीपाको कवितासङ्ग्रह “दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू’सार्वजनिक

काठमाडौं, १ जेठ, कवि दीपा राई पुनको चौथो कवितासङ्ग्रह सार्वजनिक भएको । शनिबार मण्डला थिएटरमा एक कार्यक्रम गरी ‘दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू’कवितासंग्रह सार्वजनिक गरिएको हो  ।

कवितासंग्रहको लोकार्पण कवि तुलसी दिवस, कविकी आमा विमला राई, नेपाली वाङमयका साक्षी खगेन्द्र लुईँटेल, साहित्य शिल्पी प्रगति राई, कवि स्वयं दीपा राई पुन र विप्लव प्रतीकले गरेका थिए ।उक्त कवितासङ्ग्रह केही दिनमै पुस्तकपसलहरूमा सर्वसुलभ पाइनेछ । कविता संग्रह ‘वी रिड’ले प्रकाशन गरेका हुन् ।

कार्यक्रममा कवि तुलसी दिवसले कवि पुनको कविता संग्रह एकदमै मन परेको बताए । उने भने, उनका बान्की परेका कविता पढ्दा ईष्र्या महसुस भएको छ,। मलाई यो सङ्ग्रह मन परेको छ, अरूलाई मन नपर्ने त कुरै हुँदैन ।’

यस्तै विडका तर्फका सुनिति अमात्यले संग्रह नेपाली वाङ्मयमा यो कविताकृति रूचिपूर्वक पढिने बताइन् । उनले भनिन्,‘दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू त्यसैको उदाहरण हो । सम्भवत यो काव्य नेपाली वाङ्मयमा रूचिपूर्वक पढिनेछ ।’

कवि दीपा राई पुनको यसअघि ‘ऊ तिम्रो सपनाको म २०६८, ‘स्पन्दनका रागहरू २०७०’ र ‘छुटेको बागदाता २०७२ गरी हालसम्म कविता सङ्ग्रह प्रकाशित छन । भने फुटकर रूपमा सैयौं कविताहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिका, विद्युतीय सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित छन ।

कवि सँगै गीतकारका रूपमा समेत उनी चर्चित छिन् । उनको गीति एल्बम ‘प्रतिरूप’ समेत प्रकाशित छ । हाल अमेरिकाको बोस्टनमा बस्दै आएकी उनी नेपाल आएको हरेक पल्ट कला, साहित्य र संगितका क्षेत्रमा नयाँ कुरा पस्किँदै आएकी छिन् ।

Comments are closed.