Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

नइ पुरस्कार आठ जनालाई

himalaya Diary News Service by himalaya Diary News Service
May 15, 2022
in Author, Awards, Literary Festival & Event, Literature, Nepal
0
नइ पुरस्कार आठ जनालाई
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

 

नइ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी अहोरात्र शिक्षासेवामा समर्पित शिक्षाविद् डा.सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सनातन हिन्दूधर्म, संस्कृतिको संवर्द्धन, संरक्षण तथा जागरणका लागि मन, वचन र कर्मबाट क्रियाशील प्रा.डा.माधव भट्टराईलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको छ ।
साथै नेपालको स्वाभिमान, राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन र प्रचारमा सदैव समर्पित भई मातृभूमिप्रति गरेको विशिष्ट योगदानका निम्ति श्री भैरव रिसाललार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरिने भएको छ ।
सामाजिक जागरण र जनचेतनाका लागि हास्य र व्यङ्य मार्फत देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन उद्यत जनमनका प्रिय कलाकार श्री सन्तोष पन्तलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने भएको छ ।
नेपाली समालोचनाको परम्परालाई गतिशील, समृद्ध र उन्नत तुल्याउने ऐतिहासिक योगदान गरेबापत प्रा.डा.दयाराम श्रेष्ठलाई ‘नइ ईश्वर बराल पुरस्कार’ समर्पण गरिने भएको छ ।
स्वास्थ्य विज्ञानमा मन, वचन र कर्मले समर्पित रहँदै नेपालमा टेष्टट्युव चिकित्साको गुरुतर भूमिका, सफल प्रयोग र अनुकरणीय योगदानका लागि डा.भोला रिजाललाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिने भएको छ ।
गीतिकविता लेखनका माध्यमबाट नेपाली भाषालाई जनप्रिय बनाई जनमन छुन सफल प्रेमविनोद नन्दनलाई ‘नइ कोइलीदेवी पुरस्कार’ समर्पण गरिने भएको छ ।
साथै मैथिली तथा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा योगदान पु¥याई नेपाली राष्ट्रिय एकताको सुदृढीकरणका निम्ति उल्लेखनीय भूमिका खेलेवापत डा.रामदयाल राकेशलाई ‘नइ भाजप पुरस्कार’ समर्पण गरिने भएको छ ।
ताम्रपत्र सहित यी आठै वटा पुरस्कार जनही एक लाख रूपियाँ राशिका रहेका छन् ।
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निणर्य गरेको हो ।

Advertisement Banner
Previous Post

दीपाको कवितासङ्ग्रह “दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू’सार्वजनिक

Next Post

कविता: अर्को चुनावको पर्खाइमा !

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
कविता: अर्को चुनावको पर्खाइमा !

कविता: अर्को चुनावको पर्खाइमा !

Recommended

Tribhuvan International Airport generates nearly Rs 13 billion, leads aviation revenue

Tribhuvan International Airport handles record international passenger traffic in 2025

6 months ago
President Paudel issues ordinance related to Nepal Special Service

President and Vice-President extend best wishes on Udhauli, Yomari Punhi

8 months ago

Don't Miss

Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.