Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Nepal Provinces News Bagmati Province

देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने

Editorial Team by Editorial Team
December 25, 2025
in Bagmati Province, Nepal, News
0
देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ। यही पुस ११ गते सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो।
देवघाट क्षेत्र बिकास समितिको संयोजनमा तीन पालिकासहितको उपस्थितिमा प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो। क्षेत्र विकास समितिले पुस ११ गते औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको जनाएको हो। क्षेत्र विकास समितिसँगै सहमति संस्था र नदीसँग हामीलगायतका संस्थाहरुसँगको सहकार्यमा प्लाष्टिकमुक्त घोषणा गर्न लागिएको हो।

यसका लागि पवित्र तीर्थस्थल देवघाट क्षेत्रभित्र ३७ वटा फोहर फाल्ने डस्बिनहरु राखिएको छ। जसमा प्लाष्टिकजन्य सामग्री फाल्ने, पानीका बोटल फाल्ने र ब्लेट (पत्ती) फाल्ने छुट्टै राखिएको छ।

देवघाट क्षेत्र विकास समितिको अगुवाइ र भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका एवं देवघाट गाउँपालिकाको सहकार्यमा कार्यक्रम गर्न लागिएको हो। क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले अहिले प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरेसँगै प्लाष्टिकमुक्त बनाउने अभियान सञ्चालन हुने जानकारी दिए।

देवघाट क्षेत्र विकास समितिभित्रको पाँच हजार ४३४ हेक्टर क्षेत्रभित्र प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको उनको भनाइ छ।

फोहर व्यवस्थापनका लागि सबै एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो। हरेक सभ्यतासँग नदी जोडिएकाले नदी सफाइमा सबै लाग्न जरुरी रहेका उनको भनाइ छ।

सो कार्यमा सहकार्य गर्दै आएको संस्था सहमतिका अध्यक्ष ओमनाथ सुवेदीले यस कार्यमा सबैले सक्रिय रुपमा लाग्न आवश्यक रहेको बताए। देवघाटको दाहासंस्कार स्थलको फोहर व्यवस्थपानमा केही समस्या देखिएको भए पनि यसलाई व्यवस्थापनका लागि सबै जुट्नुपर्ने उनले बताए।

अहिले देवघाट क्षेत्रमा प्लाष्टिकमुक्त गर्नका लागि जनचेतना, झोला नियन्त्रण अभियानलगायका कामहरु गरिएको उनले बताए। देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाट क्षेत्र प्लाष्टिकमुक्त बनाउका लागि सबैको सहकार्य आवश्यक रहेको बताए।

Advertisement Banner
Previous Post

भुपु लिम्बुको स्वरमा सजिएको नयाँ गीत ‘धानको बाला’ को म्युजिक भिडियो सार्वजनिक

Next Post

निर्वाचन आचारसंहिता–२०८२ सार्वजनिक, उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने

Editorial Team

Editorial Team

Next Post
६ राजनीतिक दल खारेज

निर्वाचन आचारसंहिता–२०८२ सार्वजनिक, उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने

Recommended

Nepal’s central bank has announced a ban on the import of vehicles, luxury items as foreign exchange reserves decline

Non-banking assets jump to Rs 51 billion over five years

1 week ago
India’s Cumulative COVID-19 Vaccination Coverage exceeds 175.37 Cr

Over 196 crore 94 lakh COVID vaccine doses administered in India so far

4 years ago

Don't Miss

Understanding GEO and Why It Matters for Complete Visibility

January 7, 2026
Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees; Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

January 7, 2026
Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

January 7, 2026
Bangladesh to import 180k tonnes of diesel from India

Bangladesh to import 180k tonnes of diesel from India

January 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.