Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

सन् २०२५ को सबभन्दा धेरै कमाउने भारतीय फिल्म ‘धुरन्धर’ बन्यो

Editorial Team by Editorial Team
December 24, 2025
in Entertainment, India, News
0
सन् २०२५ को सबभन्दा धेरै कमाउने भारतीय फिल्म ‘धुरन्धर’ बन्यो

Screenshot

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- रणवीर सिंह, अक्षय खन्ना लगायतको अभिनय रहेको बलिउड फिल्म ‘धुरन्धर’ सन् २०२५ को सबभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ। यसले विश्वव्यापी बक्स अफिसमा ठूला फिल्महरूलाई पछि पार्दै वर्षको सर्वाधिक कमाउने भारतीय फिल्मको स्थान ओगटेको हो।

फिल्मले प्रदर्शनको १८ औं दिनमा ‘कान्ताराः च्याप्टर १’, ‘छावा’ लगायतका चर्चित फिल्महरूको बक्स अफिस रेकर्ड तोडेको भारतीय संचारमाध्यमले जनाएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार ‘धुरन्धर’ ले भारतसहित अन्तर्राष्ट्रिय बजारमा राम्रो व्यापार गरिरहेको छ। अहिलेसम्म फिल्मले विश्वभरबाट ८ सय ७० करोड भारूभन्दा बढी आम्दानी गरिसकेको जनाइएको छ।

‘कान्ताराः च्याप्टर १’ ले विश्वव्यापी बक्स अफिसमा ८ सय ५२ करोड भारू कमाएको थियो। त्यस्तै, ‘छावा’ को विश्वव्यापी कमाइ ८ सय ७ करोड छ। व्यापार विश्लेषकहरूका अनुसार ‘धुरन्धर’ ले आगामी दिनमा ९ सयदेखि १ हजार करोड रूपैयाँसम्मको आम्दानी गर्ने सम्भावना देखिएको छ।

आदित्य धर निर्देशित यस जासूसी थ्रिलरमा रणवीर र अक्षयका साथमा अर्जुन रामपाल, संजय दत्त, आर माधवन लगायतको अभिनय छ। फिल्मले अन्तर्राष्ट्रिय अपराध सञ्जाल र राष्ट्रिय सुरक्षासँग सम्बन्धित कथालाई केन्द्रमा राखेको छ।
यसको दोस्रो भाग सन् २०२६ को मार्चमा रिलिज हुने तय छ।

Advertisement Banner
Previous Post

लिबियाली सेना प्रमुखको टर्कीमा हवाई दुर्घटनामा मृत्यु

Next Post

सपना आचार्यको पुस्तक ‘उनले छोडेको उज्यालो’ विमोचन

Editorial Team

Editorial Team

Next Post
सपना आचार्यको पुस्तक ‘उनले छोडेको उज्यालो’ विमोचन

सपना आचार्यको पुस्तक ‘उनले छोडेको उज्यालो’ विमोचन

Recommended

राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदै

राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदै

3 years ago
Krishna Prasad Yadav has been appointed Chief Minister of Madhesh Province

Krishna Prasad Yadav has been appointed Chief Minister of Madhesh Province

1 month ago

Don't Miss

Understanding GEO and Why It Matters for Complete Visibility

January 7, 2026
Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

January 7, 2026
Bangladesh to import 180k tonnes of diesel from India

Bangladesh to import 180k tonnes of diesel from India

January 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.