Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Review

पिता-पुत्रको संयुक्त कविताकृति ‘वंशवृक्ष’को परिचर्चा सम्पन्न

Editorial Team by Editorial Team
March 19, 2026
in Book Review, Literature, Nepal, News
0
पिता-पुत्रको संयुक्त कविताकृति ‘वंशवृक्ष’को परिचर्चा सम्पन्न
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– साहित्यिक पत्रकार संघ तथा मिलाप म्यागजिनको संयुक्त आयोजनामा आज चैत ४ गते कविद्वय प्रा.पुरूषोत्तम दाहाल र अनिमेष दाहालको संयुक्त कविताकृति ‘वंशवृक्ष’को परिचर्चा तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको खबर छ। कविद्वयबीचको सम्बन्ध पिता पुत्रको हो।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा. कुलप्रसाद कोइराला रहेका थिए।
अन्य आमन्त्रित व्यक्तित्वहरूमा समालोचक युवराज मैनाली, खेमनाथ दाहाल, डा.ज्ञानु अधिकारी, कला निधि दाहाल, उप-प्राध्यापक घनेन्द्र ओझा लगायत घरपरिवार सदस्यहरू तथा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा. कुलप्रसाद कोइरालाले आफ्नो मन्तव्यमा वाल्मीकि ऋषिदेखि कवि कालिदासको प्रसङ्ग उठाएका थिए। वंशवृक्षका बारेमा बोल्दै उनले पिता- पुत्रको संयुक्त कृतिको लागि प्रशंसा सहित बधाई दिएका थिए। पिताको जीवाणु अंश छोराछोरीमा जानु स्वाभाविक भएको बताउँदै उनले बाबु छोराको कुरा नभई सृजनशीलता को कुरा बताए।पूर्वीय दर्शन बारे बोल्दै उनले वेद विज्ञानमय र विज्ञान वेदमय भएको बताए।
सभापतिको आसनबाट बोल्दै साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार संघ तथा मिलाप म्यागजिनको संयुक्त आयोजनामा वंशवृक्ष कृतिको विमोचन गरिएको स्मरण गराउँदै आज पनि संयुक्त रूपमा परिचर्चा कार्यक्रम गरिएको बताए। उनले कविद्वय दाहाल पिता-पुत्रको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पार्दा ३० को दशकको कवि र एआई जमानाका कविको
संयुक्त कृतिका लागि बधाई दिएका थिए। राजनीतिक परिदृश्य बारे बोल्दै उनले कवि तथा लेखकहरू प्रतिपक्षका रूपमा रहनुपर्ने बताए।
कार्यक्रममा कवि प्रा. पुरूषोत्तम दाहालले वंशवृक्ष कृतिबारे संक्षेपमा प्रकाश पार्दै पुत्र अनिमेषलाई साहित्यकारहरूसँगसाक्षात्कार परिचय गराउन परिचर्चा कार्यक्रम गरिएको कुरा बताए। वंशवृक्षको रचना अमेरिकामा रहँदा भएको उल्लेख गर्दै उनले विमोचनका समयमा अनिमेष अमेरिकामा रहेको बताए। कवि दाहालको पहिलो कविताकृति ‘साँध’बाट एउटा गीत र साँध शीर्षककै कविता वाचन गरेर सुनाएका थिए।साथै, उनले वंशवृक्ष कृतिबाट’ साथी ! रक्सी देउ र पुस्तक लैजाउशीर्षकको कविता लगायत अन्य केही कविताहरू वाचन गरेर सुनाएका थिए।
त्यसैगरी अर्का कवि अनिमेषले उनको पछिल्लो कविता’म न हिंडेका बाटाहरू’ र वंशवृक्षबाट मनराजा,बिहानी, म भित्रको कवि, जीवन, पैसा, बूढो, भूकम्प शीर्षकका कविताहरू वाचन गरेर सुनाएका थिए।
कार्यक्रममा समालोचक युवराज मैनाली, डा. ज्ञानु अधिकारी, उप-प्राध्यापक घनेन्द्र ओझाले वंशवृक्ष कविताकृतिमाथि संक्षेपमा समीक्षात्मक टिप्पणी सहित परिचर्चा गरेका थिए।
कार्यक्रममा खेमनाथ दाहाल, कलानिधि दाहाल, ठाकुर शर्मा भण्डारी,दुर्गा भँवरकोटी, डा. कृष्णप्रसाद भट्टराई, जीवन श्रेष्ठ लगायत अन्य केही साहित्यकारहरूले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा मिलाप म्यागजिनका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राखेका थिए। कृति’वंशवृक्ष’ मिलापले प्रकाशित गरेको बताउँदै उनलेे पुस्तकको न्वारान आफैँले गर्न पाएकोमा गर्वको महसुस गरेको बताए।
अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएको कार्यक्रम गणेश सुवेदीले गरेका थिए।

Advertisement Banner
Previous Post

World Bank approves $85 million for Greater Lumbini project

Next Post

रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने

Editorial Team

Editorial Team

Next Post
रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने

रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने

Recommended

Proportional Representation MPs receive certificates

Proportional Representation MPs receive certificates

3 weeks ago
उमा सुवेदीको उपन्यास परिधिको  परिचर्चा पोखरामा

उमा सुवेदीको उपन्यास परिधिको  परिचर्चा पोखरामा

2 months ago

Don't Miss

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

April 8, 2026
देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

April 8, 2026
आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

April 8, 2026
होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

April 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.