Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

‘स्रष्टा चैत्र ३०’बाट भट्टराई, पोखरेल र अधिकारी सम्मानित

himalaya Diary News Service by himalaya Diary News Service
April 17, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
‘स्रष्टा चैत्र ३०’बाट भट्टराई, पोखरेल र अधिकारी सम्मानित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

वरिष्ठ साहित्यकार वैरागी काइँलाले विभिन्न तीन स्रष्टालाई लोकतान्त्रिक जनआन्दोलनमा निर्वाह गरेको भूमिकाको स्मरणसहित आज ‘स्रष्टा चैत्र ३०’ सम्मान प्रदान गरेका छन् ।

आन्दोलनमा साहित्य क्षेत्रको योगदानलाई स्मरण गर्न १७ जना युवा साहित्यकारको पहलमा विसं २०६३ मा स्थापित ‘स्रष्टा चैत्र ३०’ संस्थाले आयोजना गरेको कार्यक्रममा वर्ष २०७७ को सम्मान शार्दूल भट्टराईलाई प्रदान गरिएको हो । यसवर्षको सम्मान साहित्यकारहरू विवश पोखरेल र वासुदेव अधिकारीलाई प्रदान गरियो । गत वर्ष घोषितमध्ये अर्का सम्मानित कृष्ण धरावासी मुलुक बाहिर भएकाले उनलाई पछि सम्मानित गरिने जनाइएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँलाले परिवर्तनका लागि धक्का दिन स्रष्टाहरू समर्थ रहे पनि परिवर्तनपछि स्रष्टाहरूको हविगत उस्तै रहेकामा चिन्ता व्यक्त गरे । राजनीतिक परिवर्तन भए पनि समाजको आन्तरिक संरचनाका पक्षमा परिवर्तन ल्याउन नसकिएको उल्लेख गर्दै जनताका अधिकारमाथि कतैबाट आक्रमण भएमा स्रष्टाहरू प्रतिकारमा उत्रनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा वरिष्ठ कवि एवं राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले सानासाना (विपन्न) नागरिकमा समस्यालाई बुझ्न र पहिचान गरेर सृजनमा उतार्न स्रष्टाहरूलाई आग्रह गरे भने समालोचक डा. ज्ञानु पाण्डेले आन्दोलनको भाव बोकेका स्रष्टाहरूलाई सम्मानित गरिएकामा खुसी व्यक्त गरे ।

कार्यक्रममा हालै निर्वाचित प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा. मधुसुदन गिरी, नेपाली लेखक सङ्घका सहअध्यक्ष डा. रत्नमणि नेपाल, प्रलेसका उपाध्यक्षहरू समीर सिंह, नमुना शर्मा, कोषाध्यक्ष बाबा बस्नेत, बागमती प्रदेश अध्यक्ष डा. हरिप्रसाद सिलवाल, केन्द्रीय सदस्य वैरागी जेठा, नेपाली लेखक सङ्घका महासचिव सोझो गाउँले (भरत भण्डारी), केन्द्रीय सदस्य राधिका गुरागाईँ, केन्द्रीय सदस्य नारायण सापकोटालगायतलाई बधाई तथा शुभकामना दिइएको थियो ।

प्रलेसका अध्यक्ष डा. गिरीले प्रलेसको विस्तारित बैठकपछि विस्तृत कार्ययोजनासहित आफूहरू अघि आउने जनाए । नेपाली लेखक सङ्घका सहअध्यक्ष डा. नेपालले साहित्यमा प्रगतिशील र अप्रगतिशीलको विभेद हटाएर स्वतन्त्रताका लागि साझा मोर्चामा रहनुपर्न आग्रह गरे ।

Advertisement Banner
Previous Post

स्रष्टा प्रतिष्ठान नेपालको नवौँ वार्षिकोत्सव सम्पन्न

Next Post

कृसु क्षेत्री, मनोज न्यौपाने र चेतनाथ धमलाको सम्पादनमा ‘विलयन लेखन’ प्रकाशित

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
कृसु क्षेत्री, मनोज न्यौपाने र चेतनाथ धमलाको सम्पादनमा ‘विलयन लेखन’ प्रकाशित

कृसु क्षेत्री, मनोज न्यौपाने र चेतनाथ धमलाको सम्पादनमा ‘विलयन लेखन’ प्रकाशित

Recommended

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

2 weeks ago
नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस भब्यताका साथ सम्पन्न

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस भब्यताका साथ सम्पन्न

12 hours ago

Don't Miss

Kalinga Literary Festival Book Awards 2026: Hindi Longlist Announced

Kalinga Literary Festival Book Awards 2026: Hindi Longlist Announced

March 24, 2026
West Asia conflict enters day 25 amid military and diplomatic shifts

West Asia conflict enters day 25 amid military and diplomatic shifts

March 24, 2026
Second phase of petroleum pipeline expansion moves forward with Indo-Nepal cooperation

Nepal proposes gas pipeline, storage facility from Motihari to Sarlahi amid supply concerns

March 24, 2026
Nepali Congress Acting President Khadka calls emergency meeting of Nepali Congress CWC

Nepali Congress to hold 15th general convention from Sept 9

March 24, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.