Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Global News

विवादबीच फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, नेतृत्वमा भने कायमै

Editorial Team by Editorial Team
August 7, 2026
in Global News, News, Sports
0
विवादबीच फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, नेतृत्वमा भने कायमै
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्ना प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई शेयर बिक्री गर्ने विवादित योजनामा भएका त्रुटिप्रति क्षमायाचना गरेका छन्। यद्यपि, वरिष्ठ कार्यकारीहरूको समर्थन पाएपछि उनी पदमै रहने भएका छन्।

प्रस्तावमाथि चौतर्फी आलोचना बढेपछि इन्फान्टिनोले बुधबार मोरक्कोको रबातस्थित फिफाको अफ्रिका कार्यालयमा व्यवस्थापन बोर्डका सदस्यहरूसँग बैठक गरेका थिए। बैठकपछि फिफाले विज्ञप्ति जारी गर्दै उनको नेतृत्वप्रति समर्थन कायम रहेको जनाएको हो।

युरोपेली फुटबल महासंघ (यूईएफए) ले यसअघि फिफाको ‘फिफा फरवार्ड इन्टरप्राइज’ (एफएफई) प्रस्तावलाई अस्पष्ट र अपारदर्शी सम्झौताको संज्ञा दिँदै इन्फान्टिनोप्रति विश्वास कमजोर भएको संकेत दिएको थियो।

फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले समेत आन्तरिक रूपमा यो घटनाक्रमलाई दुःखद र निन्दनीय बताएका थिए। तर, बैठकपछि ग्राफस्ट्रोम र व्यवस्थापन बोर्डले इन्फान्टिनोको नेतृत्वप्रति पूर्ण समर्थन जनाएका छन्।

इन्फान्टिनो र ग्राफस्ट्रोमले फिफाका उपाध्यक्ष, काउन्सिल सदस्य तथा २११ सदस्य राष्ट्रका फुटबल संघलाई संयुक्त पत्र पठाउँदै प्रक्रियामा भएका त्रुटिप्रति “हृदयदेखि क्षमायाचना” गरेका छन्। उनीहरूले भविष्यमा यस्ता गल्ती दोहोरिन नदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

इन्फान्टिनोले नयाँ सहायक कम्पनी एफएफईमार्फत पुरुष र महिला विश्वकपसहित फिफाका प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना अघि सारेका थिए। त्यसको बदलामा प्रत्येक सदस्य संघलाई ४ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव गरिएको थियो।

फिफाले एफएफईसम्बन्धी प्रक्रियामा काउन्सिल र सदस्य संघहरूलाई बाहिर राखिएको महसुस हुने अवस्था सिर्जना भएको स्वीकार गरेको छ। संस्थाले यो प्रक्रिया अझ राम्रो ढंगले अघि बढाउनुपर्ने जनाएको छ।

यसअघि ‘द टाइम्स’ मा प्रकाशित समाचारमा इन्फान्टिनोले मोरक्कोलाई समर्थनको बदलामा सन् २०३० को विश्वकप फाइनल आयोजनाको आश्वासन दिएको दाबी गरिएको थियो। फिफाले भने उक्त समाचारलाई झुटो र भ्रमपूर्ण भन्दै खण्डन गरेको छ।

आलोचनाबीच आन्तरिक समर्थन

इन्फान्टिनोले आफ्नो १० वर्षे कार्यकालकै सबैभन्दा ठूलो विवादलाई अन्त्य गर्ने प्रयास गरिरहेका छन्। तर, उनीमाथिको आलोचना भने जारी छ।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले आफूलाई अब इन्फान्टिनोमाथि विश्वास नरहेको बताएका छन्। सन् २०१५ मा फिफा अध्यक्षको दौडमा रहेका पूर्व फुटबल खेलाडी लुइस फिगोले पनि इन्फान्टिनोलाई राजीनामा दिन आग्रह गरेका छन्।

फिगोले इन्फान्टिनोले पदको मर्यादा बढाउने वाचा गरे पनि त्यसलाई कमजोर बनाएको आरोप लगाएका छन्।

यसका बाबजुद इन्फान्टिनो चौथो कार्यकालका लागि पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्। फिफा अध्यक्षको निर्वाचन सन् २०२७ मार्चमा मोरक्कोमा हुने फिफा कंग्रेसमा हुनेछ। उम्मेदवारहरूले सन् २०२६ नोभेम्बर १८ सम्म नाम दर्ता गर्नुपर्नेछ।

अध्यक्ष निर्वाचित हुन फिफाका २११ सदस्य संघमध्ये कम्तीमा १०६ मत आवश्यक पर्नेछ।

यता, यूईएफएले भने इन्फान्टिनोको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै कानुनी कदम चाल्ने चेतावनी दिएको छ। केही सदस्य संघहरूले उनलाई पुनः निर्वाचित गराउने समर्थन फिर्ता लिएका छन् भने इङ्गल्याण्डले पनि त्यही दिशामा जाने संकेत गरेको छ।

फिफाले भने विवादका बाबजुद सबै प्रक्रिया संस्थाको नियमनकारी ढाँचाभित्रै भएको दाबी गर्दै सुशासन र विश्वास पुनःस्थापित गर्ने प्रतिबद्धता जनाएको छ।

Advertisement Banner
Previous Post

सर्वोच्चको पुनरावलोकनपछि पनि कांग्रेसको रूपान्तरण अभियान नरोकिने महामन्त्री घिमिरेको भनाइ

Next Post

पायल्स (बवासीर) : कारण, उपचार र बच्ने उपाय

Editorial Team

Editorial Team

Next Post
पायल्स (बवासीर) : कारण, उपचार र बच्ने उपाय

पायल्स (बवासीर) : कारण, उपचार र बच्ने उपाय

Recommended

रम्बास् कविता:माकुरो

रम्बास् कविता:माकुरो

4 years ago
New Zealand rings in 2026 with dazzling fireworks in Auckland

New Zealand rings in 2026 with dazzling fireworks in Auckland

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.