Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सर्वोच्चको पुनरावलोकनपछि पनि कांग्रेसको रूपान्तरण अभियान नरोकिने महामन्त्री घिमिरेको भनाइ

Editorial Team by Editorial Team
August 7, 2026
in Nepal, News, Politics
0
सर्वोच्चको पुनरावलोकनपछि पनि कांग्रेसको रूपान्तरण अभियान नरोकिने महामन्त्री घिमिरेको भनाइ
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रियामा गए पनि संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र र रूपान्तरणको अभियान निरन्तर अघि बढ्ने बताएका छन्।

महामन्त्री घिमिरेले एक वक्तव्य जारी गर्दै विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रतिको विश्वास व्यवहारमै देखाउनुपर्ने उल्लेख गर्दै अदालतको कानुनी प्रक्रियालाई पार्टीले सम्मान गर्ने बताएका छन्।

उनले कांग्रेसको वर्तमान दिशा अधिकांश महाधिवेशन प्रतिनिधिहरूको विश्वास, विशेष महाधिवेशनको वैधानिक जनादेश र रूपान्तरणको साझा संकल्पबाट तय भएको दाबी गरे। अदालतको प्रक्रियासँगै पार्टी सुधारको अभियान थप गतिशील हुने उनको भनाइ छ।

“लोकतन्त्रको सार असहमतिलाई स्वीकार गर्नु हो, तर असहमतिलाई अन्तहीन विवादमा रूपान्तरण गर्नु होइन,” घिमिरेले वक्तव्यमा भनेका छन्। उनले संस्थाका निर्णय आफूअनुकूल हुँदा मात्र स्वीकार गर्ने र प्रतिकूल हुँदा अस्वीकार गर्ने प्रवृत्तिले संस्थाभन्दा व्यक्तिकेन्द्रित राजनीतिलाई बल पुग्ने टिप्पणी गरेका छन्।

महामन्त्री घिमिरेले अहिलेको आवश्यकता विभाजनको बहस नभई एकताको संकल्प र अविश्वासको राजनीति नभई रूपान्तरणको नेतृत्व भएको बताएका छन्।

उनले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकलाई व्यक्तिगत आग्रहभन्दा माथि उठेर कांग्रेसको संगठन, सिद्धान्त र साझा भविष्यको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका छन्।

Advertisement Banner
Previous Post

अमेरिकाविरुद्ध चीनको नयाँ प्रतिबन्ध, व्यापारिक तनाव फेरि चुलियो

Next Post

विवादबीच फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, नेतृत्वमा भने कायमै

Editorial Team

Editorial Team

Next Post
विवादबीच फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, नेतृत्वमा भने कायमै

विवादबीच फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, नेतृत्वमा भने कायमै

Recommended

Prehistoric earthquakes and snail shells may give future insights

Prehistoric earthquakes and snail shells may give future insights

4 years ago
Nepal’s central bank has announced a ban on the import of vehicles, luxury items as foreign exchange reserves decline

Digital payment transactions in Nepal continued to grow rapidly

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.