Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

मीना श्रेष्ठको कृति विमोचन र पूर्वप्रधानमन्त्रि केपी शर्मा ओलीको कविप्रति धारणा  

himalaya Diary News Service by himalaya Diary News Service
May 23, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal, World
0
मीना श्रेष्ठको कृति विमोचन र पूर्वप्रधानमन्त्रि केपी शर्मा ओलीको कविप्रति धारणा   
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

जेठ ८, २०७९, काठमाडौं, कवि मीना श्रेष्ठको कविता कृति …फर्गेट एस्टर्डेको विमोचनका प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथ्य पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उनले कवि र कतिाको सम्मान गर्दै भने  लिपीको आविष्कार हुनु अघि नै नेपालीहरु कवि भएक थिए । उनले नेपाली जात नै कवि भएका कारण हरेक नेपालीका नामका अगाडि कवि राखिदिए हुन्छ भने ।

अध्यक्ष ओलीले हरेक नेपालीको मनमा कविचेतना भएको बताउँदै लोकदोहोरी नै पनि काव्यको एक रुप भएको र लोक दोहोरीको काव्यिक चेतना जोकोहीलाई आश्चर्य लाग्ने कुरा व्यक्त गरे  । लोकदोहोरी  गाउने पनि कविनै हुन । उनीहरुले प्रयोग गरेका बिम्व, प्रतीक र दृष्टान्तले उनीहरुलाई उत्कृष्ट कवि सावित गरेको ओलीले बताए ।

उक्त कार्यक्रममा बोल्दै ओलीले नेपाली समाजमा कविताको परम्परा  हजारौँ वर्ष पहिलेदेखि रहेको बताए । उनले नेपालबाटै ठूलाठूला धर्मग्रन्थहरु सिर्जना भएको, ढुंगे युगबाट धातुयुगमा प्रवेश गर्दा महादेवले त्रिसुल, डमरु, नृत्य र संगीत सिर्जना गरेको भूमि नेपाल भएको कुरा व्यक्त गरेका थिए ।

“हामी जे गर्छौ इमान्दार भएर गरौँ । ¥याप या पप जे गाए पनि राम्रो गाऔँ । संस्कृति बचाऔँ ।“पूर्वप्रधानमन्त्री ओलीले  राजनीति तर्फ संकेत गरे ।

 

उनले स्थानीय निर्वाचन सुरु हुने बेलामा ’भ्यू टावर’ बनाएको भन्दै एमाले सरकारको आलोचना गरेको विषय तर्फ संकेत गर्दै भने– “धरहरा, रानीपोखरी जस्ता सम्पदा निर्माण गर्दा आलोचना हुन्छ । ‘म्यूटावर’ हामी बनाउँदैनौ भनेर चुनावी घोषणा पत्र बनाउने गरिन्छ । विश्वमा  भ्यूटावर हेर्न पर्यटकको लाम हुन्छ र भ्यूटावरले पैसा कमाउँछ । फ्रान्स लगायतका देशहरुमा भएका  भ्यूटावरले फलफूल र तरकारी होइन पैसा फलाएका छन् । भन्ने कुरा नबुझेर विरोध गर्नैहरुलाई केही भन्न सकिदैन ।“

यो नाम, विषय या प्रसंगले कुनै व्यक्तिको घटनासंग मेल खाए पनि त्यो संयोग मात्रै हुन्छ । कवि मीना श्रेष्ठले जीवन लेख्दा कसैसंग मेल खायो होला । त्यो संयोग मात्रै हो । विगत कहिल्यै पनि विर्सन सकिँदैन यसैले ’फर्गेट एस्टर्डे’ भनिएको हो । “ओलीले  विगत विर्सन आग्रह नगर्न कविलाई  अनुरोध गर्दै विमोचित कृतिका बारेमा यसो भनेका थिए  ।

कार्यक्रममा साहित्यकार एवं रंगकर्मी अशेष मल्ले मीनाका कविताले नेपाली समाजका अनेकन विषय उठन गरेको बताए । उनले नेपाली कविताको परम्परा र शैलीका बारेमा चर्चा गर्दै सरल कविता लेख्ने  श्रेष्ठ सफल कवि भएको बताए ।

कार्यक्रममा एमाले नेत्री शान्ता चौधरीले आफ्नो कमलरी जीवनलाई सम्झदै संघर्षबाट नै जीवन सफल हुने बताइन ।

यसैगरी कार्यक्रमलाई स्वागत गर्दै अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार गोविन्द गिरी प्रेरणाले साहित्य पेशा नभएका कारण स्रष्टाहरुले सेवाभावका रुपमा साहित्य साधना गर्नु पर्ने बताए । साहित्य साधना आर्फैमा यज्ञ भएको र मीना श्रेष्ठको नयाँ कृति कविका लागि यज्ञमा चढाउने चरु जस्तै  भएको प्रेरणाले बताए ।

यस्तै कार्यक्रमका अध्यक्ष एवं साहित्यकर राधेश्याम लेकालीले भाषा साहित्यको श्रीवृद्धिमा  राजनीतिक वृत्तले ध्यान दिन नस बताउँदै  साहित्यका लागि राजनीतिक दृष्किोण प्रष्ट बनाउने अभियान चलाउनु पर्ने बताए । उनले  साहित्यका बारेमा सरकार र राजनीति सचेत हुनु पर्ने बताउँदै साहित्यको महत्व बुझिदिन कार्यक्रमका प्रमुख अतिथि एवं एमाले अध्यक्ष ओलीलाई आग्रह गरे ।

यस्तै कविता कृतिमाथि बोल्दै पत्रकार बविता बस्नेतले कविताले समाजका कुरा बोक्नु पर्ने बताउँदै मीना श्रेष्ठका कविता समाजको ऐना भएको बताइन । उनले कवितामा नेपाली समाजले भोगेका विषयहरु सरल ढंगबाट प्रस्तुत भएको बताइन ।

कार्यक्रममा कवि श्रष्ठले आफ्नो लेखन अनुभव सुनाइन । उनले जीवन भोगाइहरु नै आफ्नो लेखनको विषय भएको बताइन ।

साहित्यिक पत्रकार संघ र अमेरिका नेपाल साहित्य प्रतिष्ठानको संयुक्त रुपमा आयोजित कार्यक्रमको संचालन  सञ्चारकर्मी दिनेश डिसीले गरेका थिए । यस्तै कार्यक्रममा कवि एवं पत्रकार ठाकुर बेलवासे र कवि सुमित्रा सुमीले विमोचित कृति भित्रका एकएक वटा कविता वाचन गरेका थिए ।

Advertisement Banner
Previous Post

साहित्यकारद्वय निलम कार्की निहारीका र  गोविन्दलाल सिं डंगोल पुरस्कृत 

Next Post

US, Japan, India and 10 other nations launch Indo Pacific Economic framework, announces US President Biden

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
US, Japan, India and 10 other nations launch Indo Pacific Economic framework, announces US President Biden

US, Japan, India and 10 other nations launch Indo Pacific Economic framework, announces US President Biden

Recommended

University of Toronto offers tuition and mental health support to students affected by the war in Ukraine

University of Toronto offers tuition and mental health support to students affected by the war in Ukraine

4 years ago
CIAA files case against 55 people over corruption in Pokhara Airport construction

CIAA files case against 55 people over corruption in Pokhara Airport construction

2 months ago

Don't Miss

Nepal Medical Association  warns of lead contamination in toothpaste

Nepal Medical Association warns of lead contamination in toothpaste

February 9, 2026
Third International Buddhist Conference to be held in Lumbini

Rs 13.5 billion invested in industries across Lumbini Province

February 9, 2026
Nepal Rastra Bank absorbs Rs 20 billion to manage excess liquidity

Nepal Rastra Bank pulls Rs 50 billion from the market

February 9, 2026
Nepal Govt decided to cut fuel prices substantially amid growing public pressure over rising prices

Nepal: Fuel demand rises ahead of March elections

February 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.