Trending Now

साहित्यकारद्वय निलम कार्की निहारीका र  गोविन्दलाल सिं डंगोल पुरस्कृत 

 

जेठ ८, २०७९ काठमाडौं: गंकी धुस्वाँ–काठमाडौं कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजित एक कार्यक्रममा गंकी धुस्वाँ बसुन्धरा प्रतिष्ठानको स्रष्टा परस्कृत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।  स्कुलपति गंगााप्रसाद उप्रेतीले पुरस्कृत स्रष्टाद्वय निलम कार्की  निहारिका र गोविन्दलाल सिं डंगोल लाई यी पुरुस्कार प्रदान गरेका गरेका थिए  ।

प्रतिष्ठानले उपन्यासकार  निहारिकालाई उनको उपन्यासकृति ‘द्रौपदी  अवशेष’का निमित्त ‘गंगी -धुस्वाँ बसुन्धरा पुरस्कार’ प्रदान गरेको हो । यस्तै प्रतिष्ठानले ललितकलाकर्मी डंगोललाई उनको कलासाधनाका लागि ‘धुस्वाँ सायमि सिर्जना पुरस्कार’ प्रदान गरेको हो । यी दुवै पुरस्कारको राशि ५० -५० हजार रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले नेपाली उपन्यास र ललितकलाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका स्रष्टालाई पुरस्कृत गरेर उपन्यास र ललितकला क्षेत्रलाई नै सम्मान गरेको बताए ।

यस्तै आयोजक संस्था गंकी धुस्वाँ-बसुन्धरा प्रतिष्ठानका अध्यक्ष साहित्यकार डा.अरुण सायमिले पिता धुस्वाँ सायमिको साहित्यिक योगदानको चर्चा गर्दै साहित्य सेवा र स्रष्टाहरुको सम्मान गर्न पाएँदा आनन्द लाग्ने बताए ।
अर्का पुरस्कृत स्रष्टा डंगोलले यस्ता पुरस्कारले सिर्जना गर्नमा उत्साह थप्ने बताए ।

कार्यक्रममा साहित्यकार विमल भौकाजीले पुरस्कृत साहित्यकारद्वयको सिर्जनाप्रवृत्तिको चर्चा गरेका थिए । उनले नेपाली उपन्यास लेखनमा निहारिकाले भिन्न स्थान बनाएको बताए । भौकाजीले ललितकलाकर्मी डंगोलले ललितकलाका क्षेत्रमा ठूलो योगदान गरेको बताए।
कार्यक्रमको संचालन कवि प्रतिसरा सायमिले गरेकी थिइन ।

Comments are closed.