मीना श्रेष्ठको कृति विमोचन र पूर्वप्रधानमन्त्रि केपी शर्मा ओलीको कविप्रति धारणा  

 

जेठ ८, २०७९, काठमाडौं, कवि मीना श्रेष्ठको कविता कृति …फर्गेट एस्टर्डेको विमोचनका प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथ्य पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उनले कवि र कतिाको सम्मान गर्दै भने  लिपीको आविष्कार हुनु अघि नै नेपालीहरु कवि भएक थिए । उनले नेपाली जात नै कवि भएका कारण हरेक नेपालीका नामका अगाडि कवि राखिदिए हुन्छ भने ।

अध्यक्ष ओलीले हरेक नेपालीको मनमा कविचेतना भएको बताउँदै लोकदोहोरी नै पनि काव्यको एक रुप भएको र लोक दोहोरीको काव्यिक चेतना जोकोहीलाई आश्चर्य लाग्ने कुरा व्यक्त गरे  । लोकदोहोरी  गाउने पनि कविनै हुन । उनीहरुले प्रयोग गरेका बिम्व, प्रतीक र दृष्टान्तले उनीहरुलाई उत्कृष्ट कवि सावित गरेको ओलीले बताए ।

उक्त कार्यक्रममा बोल्दै ओलीले नेपाली समाजमा कविताको परम्परा  हजारौँ वर्ष पहिलेदेखि रहेको बताए । उनले नेपालबाटै ठूलाठूला धर्मग्रन्थहरु सिर्जना भएको, ढुंगे युगबाट धातुयुगमा प्रवेश गर्दा महादेवले त्रिसुल, डमरु, नृत्य र संगीत सिर्जना गरेको भूमि नेपाल भएको कुरा व्यक्त गरेका थिए ।

“हामी जे गर्छौ इमान्दार भएर गरौँ । ¥याप या पप जे गाए पनि राम्रो गाऔँ । संस्कृति बचाऔँ ।“पूर्वप्रधानमन्त्री ओलीले  राजनीति तर्फ संकेत गरे ।

 

उनले स्थानीय निर्वाचन सुरु हुने बेलामा ’भ्यू टावर’ बनाएको भन्दै एमाले सरकारको आलोचना गरेको विषय तर्फ संकेत गर्दै भने– “धरहरा, रानीपोखरी जस्ता सम्पदा निर्माण गर्दा आलोचना हुन्छ । ‘म्यूटावर’ हामी बनाउँदैनौ भनेर चुनावी घोषणा पत्र बनाउने गरिन्छ । विश्वमा  भ्यूटावर हेर्न पर्यटकको लाम हुन्छ र भ्यूटावरले पैसा कमाउँछ । फ्रान्स लगायतका देशहरुमा भएका  भ्यूटावरले फलफूल र तरकारी होइन पैसा फलाएका छन् । भन्ने कुरा नबुझेर विरोध गर्नैहरुलाई केही भन्न सकिदैन ।“

यो नाम, विषय या प्रसंगले कुनै व्यक्तिको घटनासंग मेल खाए पनि त्यो संयोग मात्रै हुन्छ । कवि मीना श्रेष्ठले जीवन लेख्दा कसैसंग मेल खायो होला । त्यो संयोग मात्रै हो । विगत कहिल्यै पनि विर्सन सकिँदैन यसैले ’फर्गेट एस्टर्डे’ भनिएको हो । “ओलीले  विगत विर्सन आग्रह नगर्न कविलाई  अनुरोध गर्दै विमोचित कृतिका बारेमा यसो भनेका थिए  ।

कार्यक्रममा साहित्यकार एवं रंगकर्मी अशेष मल्ले मीनाका कविताले नेपाली समाजका अनेकन विषय उठन गरेको बताए । उनले नेपाली कविताको परम्परा र शैलीका बारेमा चर्चा गर्दै सरल कविता लेख्ने  श्रेष्ठ सफल कवि भएको बताए ।

कार्यक्रममा एमाले नेत्री शान्ता चौधरीले आफ्नो कमलरी जीवनलाई सम्झदै संघर्षबाट नै जीवन सफल हुने बताइन ।

यसैगरी कार्यक्रमलाई स्वागत गर्दै अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार गोविन्द गिरी प्रेरणाले साहित्य पेशा नभएका कारण स्रष्टाहरुले सेवाभावका रुपमा साहित्य साधना गर्नु पर्ने बताए । साहित्य साधना आर्फैमा यज्ञ भएको र मीना श्रेष्ठको नयाँ कृति कविका लागि यज्ञमा चढाउने चरु जस्तै  भएको प्रेरणाले बताए ।

यस्तै कार्यक्रमका अध्यक्ष एवं साहित्यकर राधेश्याम लेकालीले भाषा साहित्यको श्रीवृद्धिमा  राजनीतिक वृत्तले ध्यान दिन नस बताउँदै  साहित्यका लागि राजनीतिक दृष्किोण प्रष्ट बनाउने अभियान चलाउनु पर्ने बताए । उनले  साहित्यका बारेमा सरकार र राजनीति सचेत हुनु पर्ने बताउँदै साहित्यको महत्व बुझिदिन कार्यक्रमका प्रमुख अतिथि एवं एमाले अध्यक्ष ओलीलाई आग्रह गरे ।

यस्तै कविता कृतिमाथि बोल्दै पत्रकार बविता बस्नेतले कविताले समाजका कुरा बोक्नु पर्ने बताउँदै मीना श्रेष्ठका कविता समाजको ऐना भएको बताइन । उनले कवितामा नेपाली समाजले भोगेका विषयहरु सरल ढंगबाट प्रस्तुत भएको बताइन ।

कार्यक्रममा कवि श्रष्ठले आफ्नो लेखन अनुभव सुनाइन । उनले जीवन भोगाइहरु नै आफ्नो लेखनको विषय भएको बताइन ।

साहित्यिक पत्रकार संघ र अमेरिका नेपाल साहित्य प्रतिष्ठानको संयुक्त रुपमा आयोजित कार्यक्रमको संचालन  सञ्चारकर्मी दिनेश डिसीले गरेका थिए । यस्तै कार्यक्रममा कवि एवं पत्रकार ठाकुर बेलवासे र कवि सुमित्रा सुमीले विमोचित कृति भित्रका एकएक वटा कविता वाचन गरेका थिए ।

Comments are closed.