Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

फ्रान्सद्वारा दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णय

Editorial Team by Editorial Team
August 19, 2026
in Nepal, News
0
फ्रान्सद्वारा दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णय
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फ्रान्सले दुई इरानी कूटनीतिज्ञलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको छ। फ्रान्सका विदेशमन्त्री जिन–नोएल ब्यारोटले मंगलबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत आगामी केही दिनमा दुई इरानी कूटनीतिज्ञलाई निष्कासन गरिने जानकारी दिएका हुन्। 

फ्रान्सको यो कदम गत जुलाईमा तेहरानमा दुई फ्रान्सेली दूतावासका कर्मचारीलाई इरानी सुरक्षा निकायले नियन्त्रणमा लिएर सोधपुछ गरेको घटनाको प्रतिशोधस्वरूप आएको हो। फ्रान्सले उक्त घटनालाई गम्भीर तथा पूर्वनियोजित भन्दै कूटनीतिक मर्यादाको उल्लङ्घन भएको जनाएको छ। फ्रान्सेली पक्षका अनुसार दुई कर्मचारीलाई करिब चार घण्टा नियन्त्रणमा राखिएको थियो भने उनीहरूमध्ये एक जनामाथि शारीरिक दुर्व्यवहारसमेत भएको थियो। 

यसअघि इरानले पनि दुई फ्रान्सेली दूतावास कर्मचारीलाई आफ्नो देशमा पुनः प्रवेश गर्न नदिने निर्णय गरेको थियो। इरानी विदेश मन्त्रालयले उनीहरूले भियना महासन्धिको उल्लङ्घन गर्दै इरानी नागरिक समाजसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आरोप लगाएको छ। 

फ्रान्सले भने इरानको आरोप अस्वीकार गर्दै आफ्ना कर्मचारीमाथिको कारबाहीलाई अस्वीकार्य हस्तक्षेप र कूटनीतिक अधिकारमाथिको उल्लङ्घनका रूपमा लिएको छ। दुवै पक्षबीचको पछिल्लो कदमले फ्रान्स–इरान सम्बन्धमा थप तनाव बढाएको देखिएको छ।

Advertisement Banner
Previous Post

डेनमार्कमा प्रकाश सापकोटाको ‘विरक्त बाटो’ उपन्यास विमोचन

Next Post

ट्रम्पको दाबी : सन् २०२० को निर्वाचनमा २४ हजारभन्दा बढी गैरनागरिकले मतदान गरे

Editorial Team

Editorial Team

Next Post
ट्रम्पको दाबी : सन् २०२० को निर्वाचनमा २४ हजारभन्दा बढी गैरनागरिकले मतदान गरे

ट्रम्पको दाबी : सन् २०२० को निर्वाचनमा २४ हजारभन्दा बढी गैरनागरिकले मतदान गरे

Discussion about this post

Recommended

US President Biden nominates Dean R Thompson as next ambassador to Nepal

US imposes sanctions on network of Chinese, Emirati, and others dealing with petroleum

4 years ago
Dubai Loop to link high-density areas through one-directional tunnels for faster travel

Dubai Loop to link high-density areas through one-directional tunnels for faster travel

7 months ago

Don't Miss

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

August 19, 2026
सुदूरपश्चिमका सांसद प्रकाशबहादुर देउवाको पद रिक्त

सुदूरपश्चिमका सांसद प्रकाशबहादुर देउवाको पद रिक्त

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.