हेटौँडामा बृहत् गजल उत्सव आयोजना

गजल मञ्च मकवानपुरको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा बृहत् गजल उत्सव आयोजना भएको छ।

उत्सवअन्तर्गत गजलवाचन, गायन र गजलका विषयमा बहस गरिएको छ। ‘नेपाली गजल : यात्रा र गन्तव्य’ विषयमा गजलकारहरू घनेन्द्र ओझा, बाबु त्रिपाठी र  शीतल कादम्बिनीले बहस गरेका थिए।

बहसका क्रममा गजलकार ओझाले गजल लेख्दा यसको उर्दू र फारसीबाट आएको नियमलाई लत्याएर अगाडि बढ्न नसकिने धारणा राखे। उनले गजलका नियम पालना नहुँदा कतिपय नेपाली भाषामा लेखिएका गजलहरू सुन्दर रचना मात्रै भएको टिप्पणी गरे।

गजलकार बाबु त्रिपाठी र शीतल कादम्बिनीले अर्का गजलकार ओझाको विचारभन्दा फरक ढंगबाट नेपाली गजल लेखनलाई स्वच्छन्द रूपमा छोड्नुपर्ने बताए। उनीहरूले नेपाली गजल लेखनलाई नै नयाँ मानकका रूपमा विकास गर्न सकिने उल्लेख गरे।

Comments are closed.