Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

 रोल्पाको  जलजलामा साहित्य गुञ्जन

himalaya Diary News Service by himalaya Diary News Service
April 17, 2022
in Feature, Literature, Nepal
0
 रोल्पाको  जलजलामा साहित्य गुञ्जन
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

 

वैशाख ३, २०७९

रोल्पा — नयाँ वर्षको अवसर पारेर  रोल्पाको  जलजलामा साहित्यकारहरूले आफ्ना सिर्जना सुनाए । समुद्र सतहदेखि करिब ३ हजार मिटर माथिको पहाडमा पुगेर उनीहरूले नयाँ वर्ष वि सं २०७९ लाई अघिल्ला वर्षभन्दा भिन्न तरिकाले स्वागत गरेका हुन् ।

सर्जकहरूले गीत, गजल लगायत साहित्य सिर्जना अभिव्यक्त गरेका थिए । नयाँ वर्षको स्वागत गर्न गेमी होमस्टे जेलबाङ र थबाङसिथत थबाङी होमस्टे मिलेर जलजलामा गुराँस मेलाको आयोजना गरेका थिए ।

 

नयाँ वर्ष सुरुआतको अघिल्लो दिन सर्जकहरु जलजलामा पुगिसकेका थिए । उनीहरुले त्यहाँ शान्त मनले सिर्जनाका लय प्रस्तुत गरे । विगतको द्वन्द्वको घाउ भुलाउन रापती क्षेत्र र त्यसबाहिरबाट पनि आइपुगेका साहित्यकारहरू उत्साहसाथ जलजलामा पुगेका थिए । गुरिल्ला ट्रेकिङ क्षेत्रभित्र समेटिएको जलजलामा आन्तरिक पर्यटक आउने क्रम बढेको छ ।

जलजला छेवैका गाउँहरु थबाङ र जेलबाङमा होमस्टे संचालन गर्न थालेपछि जलजला पुग्ने र रमाउनेहरु बढेका छन् । जलजला आफैंमा मनोरम स्थल हो । धार्मिक, प्राकृतिक एवं सामरिक महत्त्वले परिचित जलजलामा साहित्यको गुञ्जन सुन्न पाउँदा युद्धबाट थलिएका थबाङी र जेलबाङीहरु मन्त्रमुग्ध भए ।

साहित्यकार, गीतकार, गायक एवं पर्यटनकर्मीलाई स्वागत गर्दै यी गाउँका अगुवा समेतले रैथाने गीत र नाच सुनाउन भ्याए । रैथाने खामभाषी मगरहरुको मुख्य कुल पूजाका रुपमा पुजिने बराह देवताको पूजा गर्दा बराह मन्दिर र बराह थानको महत्त्व नै बेग्लै देखिएको थियो । बराह पूजाका लागि हरेक वर्षको वैशाख, जेठ र साउन पूर्णिमाका दिन श्रद्धालु र भक्तजनको भेला जत्तिकै साहित्यकर्मीको जलजलामा उपस्थितिले रौनक थपेको थियो ।

 

Advertisement Banner
Previous Post

राधा दुलालको …‘कवितासंग्रह’सार्वजनिक

Next Post

जसराज किराती प्रतिभा पुरस्कार शान्तिराम र रजनीलाई

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
जसराज किराती प्रतिभा पुरस्कार शान्तिराम र रजनीलाई

जसराज किराती प्रतिभा पुरस्कार शान्तिराम र रजनीलाई

Recommended

प्रचण्डद्वारा अंग्रेजी नयाँ वर्षको शुभकामना व्यक्त

प्रचण्डद्वारा अंग्रेजी नयाँ वर्षको शुभकामना व्यक्त

8 months ago
Cost of egg rises to Rs 19.12 per piece

Cost of egg rises to Rs 19.12 per piece

9 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.