Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

हंगेरीको टिसजा पार्टीले संसदीय निर्वाचनमा विजयी,ओर्बानको सत्ताधारी गठबन्धन पराजित

Editorial Team by Editorial Team
April 13, 2026
in News, World
0
हंगेरीको टिसजा पार्टीले संसदीय निर्वाचनमा विजयी,ओर्बानको सत्ताधारी गठबन्धन पराजित
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ– हंगेरीको विपक्षी पार्टी टिसजाले संसदीय निर्वाचन जितेको छ । जसको नेतृत्व पिटर मग्यारले गरिरहनुभएको छ । आईतवार भएको संसदीय निर्वाचनमा बहुमत हासिल गर्दै प्रधानमन्त्री भिक्टर ओर्बानको सत्ताधारी गठबन्धनलाई पराजित गरेको छ । राष्ट्रिय निर्वाचन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार यो जानकारी प्राप्त भएको हो । एनइओद्वारा गणना गरिएको ९८.८९ प्रतिशत मतअनुसार टिसजाले ५३.२१ प्रतिशत मत प्राप्त गरेको छ र १९९ संसदीय सिटमध्ये १३८ सिट जित्ने प्रक्षेपण गरिएको छ ।
जुन दुई–तिहाइ बहुमत भन्दा बढी हो । ओर्बानको सत्ताधारी फिडेज–केडीएनपी गठबन्धनले ३८.२६ प्रतिशत मत प्राप्त गरेको छ र ५५ सिट जित्ने प्रक्षेपण गरिएको छ । अति–दक्षिणपन्थी ‘आवर होमल्याण्ड मुभमेन्ट’ ले ५.८५ प्रतिशत मत जितेको छ र ६ सिट पाउने प्रक्षेपण गरिएको छ । अन्य पार्टीहरू संसदमा प्रवेश गर्न आवश्यक ५ प्रतिशतको थ्रेसहोल्ड पार गर्न असफल भएका छन् । प्रारम्भिक तथ्याङ्क अनुसार करिव ८१ लाख योग्य मतदातामध्ये ७७.८ प्रतिशतले मतदान गरेका छन्, जुन एक कीर्तिमानी उच्च संख्या हो ।
बुडापेस्टमा समर्थकहरूलाई सम्बोधन गर्दै ४५ वर्षीय मग्यारले आफ्नो पार्टीको निर्णायक विजयको प्रशंसा गर्दै यो विजय हरेक हंगेरीको झ्यालबाट देख्न सकिने बताउनु भयो । मध्य–दक्षिणपन्थी टिसजा पार्टीको यो विजयले ओर्बानको लगातार १६ वर्षको सत्ताको अन्त्यको संकेत गर्दछ । ओर्बानले १९९८ देखि २००२ सम्म हंगेरीको प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए र २०१० मा सत्तामा फर्केपछि निरन्तर पदमा रहेका छन् ।
अभियानका क्रममा टिसजाले भ्रष्टाचार विरोधी र संस्थागत सुधारमा ध्यान केन्द्रित गरेको थियो, कानूनको शासन र पारदर्शी शासनको पुनस्र्थापनाको लागि आह्वान गरेको थियो। एजेन्सी

Advertisement Banner
Previous Post

साइबर अनियमितता प्रकरण सार्वजनिक: सरकारी ई–बोलपत्र प्रणालीमै ‘डिजिटल डकैती’

Next Post

अमेरिकाको नाकाबन्दीपछि होर्मुजमा जहाज आवतजावत झन्डै ठप्प

Editorial Team

Editorial Team

Next Post
अमेरिकाको नाकाबन्दीपछि होर्मुजमा जहाज आवतजावत झन्डै ठप्प

अमेरिकाको नाकाबन्दीपछि होर्मुजमा जहाज आवतजावत झन्डै ठप्प

Recommended

US Ambassador pays farewell call on Prime Minister Karki

US Ambassador pays farewell call on Prime Minister Karki

9 months ago
इरानमा सत्ता हस्तान्तरण: मोजतबा खामेनेई नयाँ सर्वोच्च नेता घोषित

सर्वोच्च नेता बनेपछि मोजतबाको सबै अमेरिकी सैन्य अड्डा बन्द गर्न चेतावनी

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.