Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कसैलाई काखा, कसैलाई पाखा गरे परिणाम अप्रिय हुनसक्छ: ईश्वर पोखरेल

Editorial Team by Editorial Team
December 23, 2025
in Nepal, News, Politics
0
कसैलाई काखा, कसैलाई पाखा गरे परिणाम अप्रिय हुनसक्छ: ईश्वर पोखरेल
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेकपा एमालेको हालै सम्पन्न महाधिवेशनमा अध्यक्ष पदका प्रतिस्पर्धी नेता ईश्वर पोखरेलले पार्टीभित्र विगतका दुर्भाग्यपूर्ण अध्याय दोहोरिन नदिने बताएका छन् ।सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेतृत्वबाट सबै नेता–कार्यकर्ताले आत्मसमर्पण होइन, आत्मसम्मान र समान व्यवहारको अपेक्षा गर्ने बताएका हुन् ।
पोखरेलले कसैलाई काखा कसैलाई पाखा नगरियोस् भन्ने आशा र अपेक्षा सबैको हुने उल्लेख गरे । तर नेतृत्वले समान र सम्मानजनक व्यवहार गर्न नसके त्यसले अप्रिय र नोक्सानदायी परिणाम ल्याउन सक्ने चेतावनी पनि दिए।
उनले महाधिवेशनका क्रममा समूह बनेर प्रतिस्पर्धा हुँदा पार्टी जीवनको लोकतान्त्रिकरणसँग सम्बन्धित केही नीतिगत अडान र मुद्दा उठाइएको स्मरण गराउँदै ती विषय ‘अवधारणा पत्र’का रूपमा सार्वजनिक गरिएको र बन्द सत्रमा समेत प्रस्तुत भइसकेको बताए। ‘लुकाइरहनुपर्ने केही छैन’ भन्दै उनले नेतृत्वले सबैलाई समान र सम्मानजनक व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिए।
पोखरेलले महाधिवेशनपछि आफूले गरेको भेलाबाट अनावश्यक रूपमा तरंगित नहुन पनि आग्रह गरेका छन्। महाधिवेशनमा उठेका विषय, नेतृत्वका लागि भएको प्रतिस्पर्धा र त्यसपछि प्रतिस्पर्धी समूहका नेताबीच भएको सामान्य भेटघाट र बिदाइ छलफललाई लिएर केही नेताहरू असहज बनेकोप्रति उनले ध्यानाकर्षण भएको बताए।विगतमा पार्टीभित्रका बहस र विवादले नकारात्मक तथा नोक्सानदायी परिणाम भोग्नुपरेको इतिहास स्मरण गर्दै उनले भने, ‘त्यसले सिर्जना गरेको त्रासबाट हामी अहिले पनि केही हदसम्म त्रसित छौं। तर अहिले पनि त्यही ‘भूत’ बाट तर्सिरहनु कति उचित हुन्छ ?’उनले स्पष्ट रूपमा दोहोर्याए, ‘विगतको दुर्भाग्यपूर्ण अध्यायको पुनरावृत्ति हुने छैन, हुन दिइने छैन।’

Advertisement Banner
Previous Post

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

Next Post

रवि र बालेनबीच झण्डै ७ घण्टा लामो वार्ता

Editorial Team

Editorial Team

Next Post
रवि र बालेनबीच झण्डै ७ घण्टा लामो वार्ता

रवि र बालेनबीच झण्डै ७ घण्टा लामो वार्ता

Recommended

Election Commission determines cutoff date for voter’s age

120 Political Parties Apply for Nepal’s March 5 House of Representatives Election”

3 months ago
Branch of Russian Education Agency opens in India

Branch of Russian Education Agency opens in India

3 months ago

Don't Miss

Tribhuvan International Airport generates nearly Rs 13 billion, leads aviation revenue

International flights to seven destinations cancelled from Tribhuvan International Airport

February 28, 2026
Nepali Embassy in Muscat holds labour awareness, financial literacy programme

Foreign Ministry Urges Nepalis to Avoid Travel to Israel and Iran

February 28, 2026
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

February 28, 2026
FNCCI Chair Dhakal wants extension of time for Nepal’s transition to status of developing country

FNCCI Chair Dhakal wants extension of time for Nepal’s transition to status of developing country

February 28, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.