ईलाका प्रहरी कार्यालय आठराई तेह्रथुममा नवनिर्मित कार्यालय भवनको उद्‍घाटन  

तेह्रथुम, १२ पुस

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले ईलाका प्रहरी कार्यालय आठराई तेह्रथुममा नवनिर्मित कार्यालय भवन मंगलबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गिरीले भौतिक सुबिधा सम्पन्न भवनहरूले प्रहरी कर्मचारीहरूमा थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसला प्रदान हुने बताउनुभयो । साथै नवनिर्मित भवनको प्राप्तिसँगै नागरिकहरुको जिउधनको सुरक्षामा प्रहरी कर्मचारीहरू अझ बढी दत्तचित भएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित २ करोड ६९ लाख ५ सय ४५ रुपैयाँको लागतमा निर्माण सम्पन भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधीहरु, प्रहरी कर्मचारीरहरू,  संचारकर्मी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

Comments are closed.