ए डिभिजन लिग: आर्मीलाई हराउँदै जावलाखेल दोस्रो स्थानमा उक्लियो

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।

मङ्गलवार दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले आर्मीलाई २–० गोलले हरायो । जावलाखेलको जितमा दुवै गोल एनकोटो मासोबीले गरे ।

यो जितसँगै जावलाखेल युथ क्लब अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । जावलाखेलको २३ खेलमा ३७ अङ्क छ । आर्मी उति नै खेलमा ३० अङ्कका साथ पाँचौँ स्थानमा छ ।

Comments are closed.