कवि कविराजको स्मृतिमा काव्य सभा सम्पन्

 

२८, वैशाख २०७९, कवि कविराज पोखरेलको प्रथम वार्षिक पुण्यतिथिमा पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा विराटनगरमा एक काव्य सभाको आयोजना सम्पन्न भएको छ ।

सो कार्यक्रमका सभापति  एवम्  पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले कविराज पोखरेल निष्ठावान स्रष्टा रहेको बताए । साहित्यकार भेषराज पोखरेलले आफ्ना दाजु कविराज अत्यन्त सरल स्वभावका व्यक्ति भएको बताएका थिए ।

सो कार्यक्रममा साहित्यकारहरू दधिराज सुवेदी, डा= मेदिनीप्रसाद शर्मा, भूषण ढुङ्गेल, बलराम पोखरेल तथा भवानी पोखरेलका साथै प्राध्यापक गुणराज ढुङ्गेलले कविराज पोखरेलका साहित्यिक सामाजिक  योगदानको उल्लेख गर्दै श्रद्धासुमन व्यक्त गरेका थिए ।

प्रतिष्ठानका महासचिव गोकुल अधिकारीका अनुसार उक्त काव्य सभामा सुमन पोखरेल, सबिता गौतम दाहाल, भेषराज पोखरेल ,  मन्जुश्री गिरी, शकुन्तला पोखरेल,  राधा भट्टराई, लक्ष्मी पोखरेल, वासुदेव नेपाल, ममता मृदुल, बिनोद घिमिरे विवश, उमेश लुइँटेल, स्वयम्भुनाथ कार्की, कविता केशरी, लक्ष्मी रायमाझी, प्रमोद ढकाल, गोपाल निर्भिक, अम्बिका खरेल, रोहिणी रसिक, शारदा कार्की, अजिता प्रधान, इशु पन्त, सरिता तुलाधर, सरला रेग्मी, पुष्पा सायरालगायत ३७ जना कविहरूले कवितावाचन गरेका थिए ।

सो कार्यक्रममा प्राज्ञ गङ्गा सुवेदी, भारती गौतम, सरला चापागाई,  हरि बराल, डा. मनोजकुमार गुप्ता, कृष्णप्रसाद भन्डारी मर्सेली, नारद पोखरेल, अच्युत प्रसाद खतिवडा आदि साहित्यिक एवम्  सामाजिक क्षेत्रका व्यक्तित्वका साथै कविराज पोखरेलका परिवारजनको उपस्थिति रहेको थियो ।

Comments are closed.