रम्बास कवितासंग्रह …वरपिपल’ लोकार्पण

 

 

२३, अप्रेल २०२२, आसामस्थित तीनसुकिया जिल्लाको उदयपुर, जागुनमा नेपाली साहित्य विकास समिति तिरापको सौजन्यमा साहित्य संस्कृति समारोह  समिति २०२२को तत्वावधानमा देश–विदेशका  ९२ जना सर्जकहरूको रम्बास कविता सङ्कलन “वरपिपल’  भव्य समारोहका बीच लोकार्पण गरियो । उक्त कार्यक्रममा नेपाल र भारतका विभिन्न प्रान्तबाट रम्बास कविहरूको उपस्थितिमा ‘साहित्यिक मेला पनि भव्यताका साथ सम्पन्न भएको थियो ।

रम्बासका प्रणेता कवि मिलन बोहोरा र डिगबोइ कलेजका निवर्तमान प्राध्यापक श्री देवीचरण सेढाईंको सम्पादकत्व तथा श्री  कवि  खडानन्द दुलाल र पुरुषोत्तम उपाध्याय दाहालले प्रकाशनको गहन अभिभारा लिएका थिए  ।

सर्जकहरु भन्छन् वरपिपल एउटा शीतल छहारी हो, चौतारी हो । साहित्यिक जगतमा पदार्पण गरेको काव्यरूपी ’वरपीपल’ साहित्यानुरागी र साहित्यकारहरूको छाहारी बनोस् । रम्बास कविता लेख्न चाहनेहरूकालागि मार्गदर्शक बनोस् । वास्तविक वरपिपलको हावाले जसरी  वायु प्रदूषण हटाएर शुद्धता छर्छ उसरी नै काव्यरूपि वरपिपले पनि साहित्यिक जगतलाई शुद्धता ल्याउने कुरामा हामी विश्वास गर्न सक्नेछ भन्ने रम्बास् कविहरुको भनाइ छ ।

Comments are closed.