Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

  दयाकृष्ण राईको कवितासंग्रह ‘अश्वेत महावाणी’ सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
April 11, 2022
in Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal
0
   दयाकृष्ण राईको कवितासंग्रह ‘अश्वेत महावाणी’ सार्वजनिक
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

 

चैत्र २७, २०७८

काठमाडौं — बेलायतलाई कर्मथलो बनाउँदै आएका भोजपुर, ठूलोदुङ्माका कवि तथा निबन्धकार दयाकृष्ण राईले नयाँ कविता कृति ‘अश्वेत महावाणी’ सार्वजनिक गरेका छन् ।

ब्रिटिस गोर्खा सेनाबाट सेवा निवृत्त राईको कृतिलाई हालै राजधानीमा भएको एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति कवि तथा मुन्धुमविद् बैरागी काइँला, समालोचक गोविन्दराज भट्टराई, कवि श्रवण मुकारुङ लगायतकाले लोकार्पण गरेका हुन् ।

‘अश्वेत महावाणी’ कवि राईको छैठौँ कृति हो भने कविता विधाको चाहिँ तेस्रो कृति हो । कृतिलाई छ खण्डमा विभाजन गरिएका छन् । पहिचान, युद्ध, यौन, भूकम्प, कोभिडलगायत कविताका विषय बनाइएका छन् । पुस्तकबारे बोल्दै बैरागी काइँलाले राईको पुस्तकलाई नेपालीपनको बेलायती कृतिका रुपमा लिए । ‘यसलाई नेपालका लागि साहित्यिक रेमिट्यान्सको रूपमा लिनु पर्दछ’, उनले भने, ‘यो कृतिले जाति, धर्म, वर्ण र रङ्गभेदविरुद्ध चोटिलो प्रहार गर्ने क्षमता राख्दछ । सङ्ग्रहमा समाविष्ट कविताहरू उच्च वैचारिक चेतबाट ओतप्रोत रहेका छन् ।’

कविता कृतिको समीक्षा गर्दै समालोचक भट्टराईले कवि राईले विश्व चेतनाबाट प्रेरित भएर कविता लेखेको पाइएको र यस्ता कविता राई नेपालमै भएको भए बन्न नसक्ने जिकिर गरे । उनले भने, ‘विश्वको गति र मानवीयस्थितिको समय चेत कवितामा छ । मेरो तेरो भन्ने कुरा विश्वव्यापीकरणले चुँडिएको छ ।’ अहिले हामी सबै एक हौँ भन्ने सन्देशसहितको उच्च वैचारिक र बौद्धिक चेत कवितामा भएको ठहर गर्दै उनले यस्ता सिर्जना नेपालमा अहिलेसम्म नआएको दाबी गरे । कृतिलाई समयचेतका विज्ञबीच राखेर बहस गरिनुपर्ने उनको धारणा राखे ।

कवि श्रवण मुकारुङले जब अमेरिकामा बाराक ओबामा राष्ट्रपति भए अनि ह्वाइट हाउसमा काला मान्छे पसे, त्यही घटनाको प्रेरणाबाट यो सङ्ग्रह तयार भएको हुनसक्ने बताए । उनले भने,‘नेपालमा पनि त्यस्तै भैदिए हुन्थ्यो, दलित, जनजाति, महिला प्रधानमन्त्री भए दिए हुन्थ्यो भन्ने लागेर त्यो भावनाले यो कविता लेखिएको हुनुपर्छ ।’

Advertisement Banner
Previous Post

पुस्तक परिचर्चा र सम्मान कार्यक्रम सम्पन्न

Next Post

नेपाल–भारत साहित्य महोत्सवको मिति तोकियो

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
नेपाल–भारत साहित्य महोत्सवको मिति तोकियो

नेपाल–भारत साहित्य महोत्सवको मिति तोकियो

Recommended

Nepal: Central Security Committee’s instruction to further strengthen security arrangements

Nepal: Central Security Committee’s instruction to further strengthen security arrangements

7 months ago
निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

6 months ago

Don't Miss

Ministry charting out country-focused strategy: Foreign Minister

Ministry charting out country-focused strategy: Foreign Minister

August 4, 2026
Prime Minister Balen Shah holds meeting with Sudurpaschim lawmakers

Prime Minister Balen Shah holds meeting with Sudurpaschim lawmakers

August 4, 2026
Home Minister Sudan Gurung arrives in Lahan amid Madhesh tensions

Home Minister Gurung holds talks with family of deceased Sunsari victim

August 4, 2026
Nepal Govt. to import over 50,000 metric tons of LPG monthly to ease supply shortage

Nepal Govt. to import over 50,000 metric tons of LPG monthly to ease supply shortage

August 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.