सनत सापकोटाको  स्मृति कथाको संग्रह ‘जरा’ बजारमा 

 

वैशाख २६, २०७९  काठमाडौँ—पत्रकार सनत सापकोटाको संस्मरणात्मक स्मृति कथाको संग्रह ‘जरा’ बजारमा आएको छ । ‘

विधागत रूपमा सापकोटाले यस संग्रहलाई ‘कथास्मरण’को संज्ञा दिएका छन्। विशेषगरी संस्मरणात्मक आलेखहरूलाई निबन्ध विधाअन्तर्गत राखिने प्रचलन भए पनि उनले आफ्ना रचनालाई कथास्मरण भनेका छन्।’ १७ थान छुट्टाछुट्टै रचनालाई संग्रहको रूप दिइएको यो कृति सरल भाषा र कथात्मक शैलीमा लेखिएको छ।

वास्तवमा मानिसको जरा वा आधार पनि त्यही हो, जहाँ ऊ जन्मियो र हुर्कियो । उसको स्वर्णिमकाल त्यही बाल्यकाल हो’ भन्दै ‘जनै काण्ड’, ‘अर्काको भागको पिटाइ’, ‘मैले नगरेको हत्या’, ‘मलाई माफ गर्नोस् हजुरबा’ जस्ता जीवनका निकटस्थ क्षणलाई स्मृतिकथा बनाएर लेखिएको यो संग्रहलाई हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले छापेको छ।

Comments are closed.