Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

उन्नाइसौं बी.डी. त्यागी सम्मान अर्पण सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
May 11, 2022
in Author, Book Releases, Literary Festival & Event, Nepal
0
उन्नाइसौं बी.डी. त्यागी सम्मान अर्पण सम्पन्न
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

 

२६ वैशाख २०७९, काठमाडौँ   बीडी त्यागी स्मृति केन्द्रले उन्नाइसौं बीडी त्यागी स्मृति दिवसको अवसरमा सम्मान अर्पण कार्यक्रम  सम्पन्न गरेको छ।

सो अवसरमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलाई नेपथ्य सम्मान २०७९, साहित्यकार सन्तोषकुमार पोखरेललाई बीडी त्यागी स्मृति सम्मान २०७९, साहित्यकार इल्या भट्टराईलाई  एक सय एक रुपैयाँको सिक्का रहेको थैलीसहित बीडी त्यागी स्मृति पुरस्कार २०७९, साहित्यकार ओमकुमारी बञ्जारालाई प्रतिभा सम्मान २०७९, पत्रकार तथा साहित्यकार गान्धीराज काफ्लेलाई योगदान सम्मान २०७९ र साहित्यकारहरू किशोर श्रेष्ठ र प्रवीण कटवाललाई गत वर्षको योगदान सम्मान अर्पिएको थियो।

वरिष्ठ साहित्यकार गंगा पौडेलले टीका, वरिष्ठ साहित्यकार विजय चालिसेले खादा, कार्यक्रमका सभापति वरिष्ठ उपन्यासकार शंकर भारतीले सास लगाइदिएर र संस्थाका अध्यक्ष कृष्ण आचार्यले थैली र संरक्षक गौरी आचार्यले सम्मानपत्र प्रदान गरेर सम्मानित व्यक्तित्वहरूलाई सम्मान गरेका थिए।

कार्यक्रममा कवि ओमप्रसाद कोइरालाको ‘आफ्नै डम्फु’ कविता संग्रहको सम्मानित प्रतिभाहरू, सभापति, संरक्षक, वरिष्ठ साहित्यकारहरू विजय चालिसे, वेदमणि घिमिरे, कृतिकार ओमप्रसाद कोइरालाले विमोचन गरेका थिए।

विमोचित कृतिमा वरिष्ठ साहित्यकार प्रयागराज वाशिष्ठले समीक्षात्मक टिप्पणी गरेका थिए। कृतिकारले सो कृतिबाट एउटा कविता वाचेका थिए। सो कार्यक्रममा सभापति भारती, संस्थाका अध्यक्ष आचार्य, सम्मानित प्रतिभाहरू चालिसे, पोखरेल, भट्टराई, बञ्जारा, काफ्ले लगायतले बीडी त्यागीको साहित्यिक योगदानबारे प्रकाश पारेका थिए।

विमल कोइरालाले चलाएको सो कार्यक्रममा महेन्द्र चालिसे, मञ्जुश्री प्रधान, डा. मधुसुदन घिमिरे, डा. गीता खरेल, हेम पौडेल, दुर्गा अधिकारी भमरकोटे, ढुण्डीराज पोखरेल, भुवन शिवाकोटी चौघरे, राजबाबु श्रेष्ठ सागर, विक्रम श्रेष्ठ सागर, विष्णु ओली, शेषमणि भट्टराई जस्ता अथिति साहित्यकारहरू थिए।

वैशाख १९ गते हुने भनिएको कार्यक्रम विशेष कारण एक हप्ता पछाडि सरेको थियो। केन्द्रले बर्सेनि बीडी त्यागी स्मृति दिवसमा सम्मान पुरस्कार अर्पिदै आएको छ।

Advertisement Banner
Previous Post

साहित्यकला मन्दिरद्वारा तीन स्रष्टा सम्मानित

Next Post

  सनत सापकोटाको  स्मृति कथाको संग्रह ‘जरा’ बजारमा 

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
   सनत सापकोटाको  स्मृति कथाको संग्रह ‘जरा’ बजारमा 

  सनत सापकोटाको  स्मृति कथाको संग्रह ‘जरा’ बजारमा 

Recommended

GE Gas Power To Acquire Nexus Controls from Baker Hughes, Expanding and Enhancing Lifecycle Controls Strategy and Value for Customers

GE Gas Power To Acquire Nexus Controls from Baker Hughes, Expanding and Enhancing Lifecycle Controls Strategy and Value for Customers

4 years ago
Polymatech Electronics Unveils Breakthrough High-Power UV LED Platform Enabling Ultra-Fast Industrial Curing

Polymatech Electronics Unveils Breakthrough High-Power UV LED Platform Enabling Ultra-Fast Industrial Curing

9 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.