Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

खोटाङ सामाजिक सेवा मञ्चद्धारा स्रष्टा केदारप्रसाद रेग्मी एवं श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मानित

Editorial Team by Editorial Team
November 23, 2025
in Awards, Literature, Nepal, News
0
खोटाङ सामाजिक सेवा मञ्चद्धारा स्रष्टा केदारप्रसाद रेग्मी एवं श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मानित
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, खोटाङ सामाजिक सेवा मञ्चद्धारा स्रष्टा केदारप्रसाद रेग्मी एवं श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मानित गरेको छ। विराटनगरमा आयोजित एक भव्य समारोहमा उहाँहरूलाई सम्मानित गरिएको थियो ।
नेपाली भाषा,साहित्यमा अविछिन्न रुपमा साधनारत ९५ वर्षिय रेग्मी र नेपाल स्रष्टा समाजका अध्यक्ष समेत रहेका रोदन सम्मानित भएका हुन् ।
दुबै सम्मानित स्रष्टाहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रा.कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली लगायतले सम्मान गरे ।
सम्मानित व्यक्तित्व मध्ये रेग्मी उमेर र स्वास्थ्यका कारण उपस्थित हुन नसक्दा उनका पुत्र डा.उत्तमकुमार रेग्मीले सम्मान ग्रहण गरे ।
कार्यक्रममा सम्मानित व्यक्तित्व रोदन तथा डा. रेग्मीले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
नेपाली भाषा,साहित्य र कलाको उन्नयनमा वि.सं.२०५४ मा स्थापित मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा.न्यौपानेले भाषा,साहित्यमा अविच्छिन्न क्रियाशिल व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।
कार्यक्रममा साहित्यकारहरू विवश पोखरेल, बलराम पोखरेल, महेश रेग्मी, प्रदीप सापकोटा लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि सम्मानित व्यक्तित्वहरूको बारेमा साहित्यकार बाबुराम पोखरेलले प्रकाश पारेका थिए ।
कार्यक्रममा मधु पोखरेल, सरला चापागाईं, डा.देवी पन्थी, हरिप्रसाद बराल, हरि कट्टेल, पुष्पा सायरा, यमुना भट्टराई, दिङ्लाली कान्छो लगायत तीन दर्जनभन्दा बढी कवि तथा साहित्यकारहरूले आ आफ्नो रचना वाचन गरे ।
मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षता एवं सञ्चालन लक्ष्मी पोखरेलले गरेको उक्त कार्यक्रममा स्रष्टाहरूले समसामयिक दृष्ट्रिचेत, विकृति र विसङ्गतिको विरुद्ध उज्यालोको पक्षमा आ आफ्नो सृजना सुनाएका थिए ।

Advertisement Banner
Previous Post

शैलुङमा गोरखापत्र साहित्य सम्मेलन सम्पन्न

Next Post

भानेन्द्र सम्बाहाङफे ‘जुझारु’को कवितासंग्रह ‘निर्झर’ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
भानेन्द्र सम्बाहाङफे ‘जुझारु’को कवितासंग्रह ‘निर्झर’ सार्वजनिक

भानेन्द्र सम्बाहाङफे 'जुझारु'को कवितासंग्रह 'निर्झर' सार्वजनिक

Recommended

Two New Planets Found in Milky Way

Two New Planets Found in Milky Way

3 years ago
नेपाल-भारत साहित्य महोत्सवले सम्मानको घोषणा

नेपाल-भारत साहित्य महोत्सवले सम्मानको घोषणा

4 years ago

Don't Miss

Understanding GEO and Why It Matters for Complete Visibility

January 7, 2026
Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees; Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

January 7, 2026
Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

January 7, 2026
Bangladesh to import 180k tonnes of diesel from India

Bangladesh to import 180k tonnes of diesel from India

January 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.