Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

कवि उमेश अकिञ्चनको एकल कविता वाचन सम्पन्न

Editorial Team by Editorial Team
January 19, 2026
in Literary Festival & Event, Nepal, News
0
कवि उमेश अकिञ्चनको एकल कविता वाचन सम्पन्न
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

पोखरा– नेपाली लेखक संघ, गण्डकीको आयोजनामा कवि उमेश अकिञ्चनको एकल कविता वाचन कार्यक्रम हालै सम्पन्न भएको छ । हिमालयन रिडर्स कर्नरको हलमा जम्मा भएका पोखरेली दर्शक एवम् स्रोतासामु उनले आफ्ना एक दर्जनभन्दा बढी कविता सुनाएका थिए ।
विराटनगरमा जन्मिएर काठमाण्डौलाई आफ्नो कर्मभूमिं बनाएका कवि उमेशले आफूले देखेको भोगेको समय ,समाज र परिवेशले नै आफूलाई कविता लेख्न प्रेरित गरेको बताउँदै कविले जिन्दगीको उकाली ओरालीले गाएका संघर्षका गीतहरु,सामाजिक परिवेशभित्र हराएका नैतिकताहरु, सहरको बोक्रे रमझमले बिर्साएको सम्बन्धका हिसाबकिताबहरु,समयको दौडमा पछाडी परेका अकर्मण्य धावकहरुको गतिको निकै गहिरोसँग गरेका मापनका कविताहरु सुनाए । कविले कविता वाचन गर्दै गर्दा कहिले कविताको रचना गर्भ सुनाउथे त कहिले समकालिन कविता माथी आफ्नो विचार राख्थे त कहिले अग्रज,समकालिन र अनुज कविहरुसँगको साहित्यिक यात्राको गोरेटोहरु सम्झिन्थे । यसले कविता श्रवणमा थप रौनक थपिरहेको हुन्थ्यो । दर्शकदीर्घामा थिए साहित्यकार सरुभक्त, रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, सरस्वती श्रेष्ठ ‘सरू’, सरस्वती प्रतीक्षा, डा.ईश्वरमणि अधिकारी, डा.लक्ष्मीशरण अधिकारी लगायत थुप्रै पोखरेली साहित्यकार एवम् साहित्यानुरागीहरू । उनले मानवीय संवेदना, राजनीतिक विकृति, सामाजिक विकृति एवम् राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सन्दर्भका समेटिएका कविता सुनाए । उनले वैदेशिक रोजगारीको बाध्यता यसरी सुनाए ः
डोरीले बाँधेको
३० केजीको सुटकेसभन्दा गह्रुङ्गो मुटु बोकेर
छाड्नुपर्छ यो देश
लाखौँ युवाहरूले ।
कविहरू जीवनलाई अनेक भावसँग साट्छन् र जीवनको परिभाषा पनि आफैँ बनाउँछन् । कावि अकिञ्चनले पनि जीवनसँग सम्बन्धित यस्तै भाव कवितामै सुनाए ः

ब्ल्याकबोर्डमा बुढो टिचरको
काँप्ने हातले लेखेका
अल्जेब्राका फर्मुला सम्झेझैँ गरी
पाइला पाइला गनेर
रोकिँदै हिँड्नु, हिँडेर रोकिनु
यही हो सायद जीवनको कडी ।

कल्पनामा उडान भरेर कविता कोर्ने र जीवनसँग जोडेर कविता कोर्नेका बिचमा फरक छ भन्दै यी सरकारी कर्मचारी कवि आफ्नो कविता कर्मलाई यसरी सुनाए ः

म दुई थोपा मसी खर्चेर
गाउँका दूरदराजसम्म
पु¥याएर पानीका धारा
तिर्खाएका ओठहरूमा
सन्तुष्टिका टिप्पणी सदर गरिरहेछु ।

यी र यस्तै विभिन्न भावका दर्जनबढी कविता वाचन गरिसकेसँगै साहित्यकार सरूभक्तले सम्पूर्ण पोखरेलीका तर्फबाट उनको साहित्यिक जीवनको शुभकामना प्रकट गरे । कवि उमेश अकिञ्चन सरल , शिष्ट र शालिन रहेको र उनको कविता पनि त्यस्तै सरल र शालिन भैकन पनि स्वभाविकरुपमा बिम्बहरुको प्रयोग गरिएको बताउँदै एक राष्ट्रसेवक कर्मचारीका हातले यति सुन्दर कविता लेख्नु आफैँमा सुन्दर संयोग भएको भन्दै उनले कविको प्रशंसा गरे ।

नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष दीपक समीपको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि परिचय र स्वागत उपाध्यक्ष लक्ष्मण थापाले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव सञ्जीव पौडेलले गरेका थिए ।

 

Advertisement Banner
Previous Post

‘पवन आलोक नियात्रा सम्मान’नियात्राकार निर्मोही व्यासलाई

Next Post

‘पर्खाल भित्रको जून’लोकार्पण साथै साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली लगायतका स्रष्टाहरु सम्मानित

Editorial Team

Editorial Team

Next Post
‘पर्खाल भित्रको जून’लोकार्पण साथै साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली लगायतका स्रष्टाहरु सम्मानित

‘पर्खाल भित्रको जून’लोकार्पण साथै साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली लगायतका स्रष्टाहरु सम्मानित

Recommended

२५ वर्षमुनिका ७५ जना नयाँ लेखकका रचना प्रकाशन गर्दै नेपालय

२५ वर्षमुनिका ७५ जना नयाँ लेखकका रचना प्रकाशन गर्दै नेपालय

8 months ago
Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

NEPSE gains 27 points on Thursday as turnover tops Rs 11 billion

7 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.