सोनाम ल्होछारको अवसरमा टुँडीखेलमा तीन दिने ल्होछार महोत्सव हुने

काठमाडौँ, माघ  । सोनाम ल्होछारको अवसरमा टुँडिखेलमा तीन दिनसम्म विभिन्न सांस्कृतिक प्रस्तुतीसहित कार्यक्रमको आयोजना गरिने भएको छ । सोनाम ल्होछार २८५९ ह्योअी तावर ल्होछार मुल आयोजक समितिद्वारा बिहीबार राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।

भोलि माघ ६ गते शुक्रबारदेखि आइतबारसम्म विशेष सांस्कृतिक, धार्मिक कार्यक्रमसहित २८५९ सोनाम ल्होछार मनाउने तयारी पूरा भएको आयोजकले जनाएको छ । सो अवसरमा मुल आयोजक समिति तथा घेदुङका सह–अध्यक्ष कुमार घिसिङले २०५१ देखि नेपाल तामाङ घेदुङको नेतृत्वमा महोत्सव हुन लागेको छ ।

तामाङ समुदायको हक र हितका लागि स्थापना भएका सयौं सङ्घ संस्थाले एकतावद्ध भई समुदायको सांस्कृतिक महत्व र महिमा बोकेको सोनाम ल्होछारलाई साँस्कृतिक महत्वलाई उजागर गर्ने ढङ्गले महोत्सव मनाउँदै आएको उहाँले बताउनुभयो ।

उहाँले ल्होछारका लागि आर्थिक, सांस्कृतिक लगायतका विभिन्न उपसमितिहरू गठन गरेर राष्ट्रिय ख्यातीप्राप्त कलाकारको प्रस्तुतीसहित, लामा, बोन्बो नृत्य, सम्मान, पुरस्कार प्रदान तथा सांस्कृतिक झाँकीको प्रदर्शनीसहित यस वर्ष तीन दिनसम्म टुँडिखलेमा ल्होछार पर्वलाई  उल्लासमय बनाइने बताउनुभयो ।

चीन, तिब्बत, भियतनाम, हङकङलगायतका बौद्ध समुदायको बसोबास रहेको ठाउँमा एक महिनासम्म खुसीयालीपूर्वक आशीर्वाद, शुभकामना आदान–प्रदान गरी मनाइने पर्व नेपालमा सम्वन्धित समुदायको घर र सार्वजनिक स्थानमा सांस्कृतिक महोत्सवका रूपमा मनाउँदै आएको छ । यसबाट समुदायको संस्कार, संस्कृति, भाषा, कला, पहिरनको प्रवर्धनमा योगदान पुगेको घेदुङले जनाएको छ ।

Comments are closed.