यस वर्षको मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मानका लागि तीन जना सर्जक छनोट गरिएको छ । लेखक तथा साहित्यकार पुरुषोत्तम बस्नेत, साहित्यकार गणेश रसिक र युवा सर्जक मोमिला जोशी सम्मानित हुनुहुने भएको हो । सर्जक बस्नेतलाई मधुपर्क सम्मान (गद्य) २०७९ प्रदान गरिने भएको छ । उहाँले मधुपर्क प्रकाशनको शुरुदेखि नै यस मासिक तथा अन्य विभिन्न प्रकाशनमार्फत नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएको हो । कथा, कविता, निबन्ध, संस्मरण, राजनीतिक लेखनमा कलम चलाउनुभएका बस्नेतले सिउँडी, मुकुट, कल्पना, नेपाल पुकार जस्ता ऐतिहासिक प्रकाशनको सम्पादन गर्नुभएको छ । नेपाली कांँग्रेसको इतिहास (दुई भाग) प्रकाशित गर्नुभएको उहाँले नेपाली राजनीतिक इतिहासका विभिन्न विषयमा फुटकर तथा अनुसन्धानात्मक लेख प्रकाशन गर्दै आउनुभएको छ ।
त्यस्तै, अर्का सर्जक गणेश रसिकलाई मधुपर्क सम्मान (पद्य), २०७९ प्रदान गरिने भएको छ । उहाँले मधुपर्क मासिक तथा अन्य विभिन्न प्रकाशनमार्फत नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएको छ । उहाँ कविता, गीत, संस्मरण, उपन्यास र गायनमा सुपरिचित हुनुहुन्छ ।
युवा पुस्ताका सर्जक मोमिला जोशीलाई मधुपर्क प्रतिभा सम्मान–२०७९ प्रदान गरिने भएको छ । उहाँका रचना मधुपर्क मासिकलगायत विभिन्न पत्रिकामा प्रकाशित छन् । कविता, निबन्ध र सम्पादनमा उहाँको कलम सशक्त मानिन्छ । उहाँहरूलाई सम्मानसहित जनही ३५ हजार रुपियाँ प्रदान गरिने छ ।
सम्मान प्रदान गरिने सर्जकको नाम सिफारिस गर्न गोरखापत्र संस्थानले वरिष्ठ साहित्यकार डा.धु्रवचन्द्र गौतमको संयोजकत्वमा मधुपर्कका सम्पादक जयदेव भट्टराई(सदस्य) र नायव कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्ले (सदस्य सचिव) रहेको सिफारिस समिति गठन गरेको थियो । उहाँहरूलाई यही जेठ ३० गते मधुपर्कको ५५औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा सम्मान प्रदान गरिने जनाइएको छ । विक्रम संवत् ०५९ देखि प्रदान गर्न थालिएको उक्त सम्मानका लागि मधुपर्क मासिकमार्फत साहित्यिक योगदान पु¥याएको व्यक्ति हुनुपर्ने मापदण्ड तय गरिएको छ
।
Trending Now
- २७ देशका राजदूत इलामको अन्तुमा भेला हुँदै
- लेखक आकाश अधिकारीलाई ‘दीपा-जनमत सम्मान’
- गोकर्णेश्वर कला साहित्य प्रतिष्ठानद्वारा ‘वसन्त काव्य गोष्ठी’ सम्पन्न
- नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ ‘नवप्रज्ञापन’लाई प्रदान
- रमा-कृष्ण सृजना प्रतिष्ठानद्वारा विविध विधाका छजना साधकहरू सम्मानित
- नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा
- NASA, SpaceX to launch new crew mission
- पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
- रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे
- खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु
Comments are closed.