चितवन – माघे सङ्क्रान्तिको अवसरमा बिहीबार बिहान कालिगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाटको वेणीमा स्नान गर्दै भक्तजन। पवित्र धार्मिक स्थल देवघाटसहित विभिन्न तीर्थस्थलमा माघे संक्रान्तिका दिन बिहानै स्नान गरी तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पुरा हुने जनविश्वास छ। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ।






