कवि महेन्द्र शाहीका दुई कृति लोकार्पण

—२२, जेठ, काठमाडौँ, नेपाल प्रज्ञा प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा चालीसका दशकका सकृय कवि महेन्द्र शाहीका दुई कविता कृति ‘निर्वासित मन र बसाईं सर्ने चराहरू’ र ‘स्वस्को खोजीमा’ विमोचन गरिएको छ । प्रमुख अतिथा कवि तथा लोकसंस्कृतिविद तुलसी दिवश, कार्यक्रमका सभापति तथा सिद्धहस्त कवि शैलेन्द्र साकार, कवि समालोचक युयुत्सु आर।डी, शर्मा तथा लेखक स्वयंले संयुक्तरूपमा लोकार्पण गरिएको थियो ।
लोकार्पित कृतिबाट लेखक स्वयं, मुरारी सिग्देल, नानु भट्ट तथा रञ्जिता अधिकारीले कविता पाठ गरेका थिए ।
— आख्यानकार नयनराज पाण्डेले सञ्चालन गरेका उक्त कार्यक्रममा लव गाउँले, राजेन्द्र पराजुली, रवि प्राञ्जल, विजयध्वज थापा, सिर्जना शर्मा, कमला रानी, आशा सिँह शाह, अमर आकाश, प्रमिला शाहलगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थितिरहेको थियो ।
— कार्यक्रममा लेखक तथा पत्रकार आशा सिंह शाहले उनका दिवंगत पिता जर्नेल शेरबहादुर शाह, समाजसेवी माता जयन्ती राज्य लक्ष्मी सिंह, समाजसेवी अभिनेष जङ्ग शाहको नाममा र दिवंगत पति अर्थविद अर्जुन जङ्ग शाहको नाममा दुई अलग ट्रष्ट स्थापना भएको र उक्त ट्रष्ट मार्फत् साहित्यकार, समाजसेवी तथा अर्थशास्त्रीहरूलाई पुरस्कृत गरिने जानकारी दिएकी थिइन ।

 

Comments are closed.