Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

मालावतीलाई ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’

Editorial Team by Editorial Team
April 28, 2026
in Awards, Literature, Nepal, News
0
मालावतीलाई ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, उदयपुरकी स्रष्टा मालावती काफ्ले लाई ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ अर्पण गरिएको छ । नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको उक्त सम्मान बुधबार काठमाडौंमा आयोजित समारोहबीच प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भागिरथी श्रेष्ठ, पुरस्कार संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने इन्द्रकुमारी खनाल, समाजका पूर्वअध्यक्ष विधान आचार्य तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली लगायतले काफ्लेलाई सम्मान अर्पण गर्नुभएको हो ।

ओझेलमा परेका नारी स्रष्टालाई प्रदान गरिँदै आएको यस सम्मानसँग नगद २० हजार १११ रुपैयाँ प्रदान गरिन्छ । सामाजिक अन्यायविरुद्ध आवाज उठाउँदै आउनुभएकी काफ्लेले झ्याउरे गीत र संगीतमार्फत सामाजिक रूपान्तरणको सन्देश दिँदै आउनुभएको छ । सम्मान ग्रहणपछि बोल्दै काफ्लेले महिलाहरूको शिक्षा र सशक्तीकरणका लागि आफू निरन्तर सक्रिय रहेको सुनाउनुभयो । ‘मैले पढ्न नपाए पनि अरूले पढ्न पाऊन् भन्ने चाहना छ,’ उहाँले भन्नुभयो । महिला समूह गठन गरी उनीहरूलाई शिक्षित र जागरूक बनाउने काममा लागेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा साहित्यकार विधान आचार्यले काफ्लेको योगदानमाथि चर्चा गर्दै उहाँलाई नारी सशक्तीकरणका क्षेत्रमा क्रियाशील स्रष्टाका रूपमा प्रस्तुत गर्नुभयो । त्यस्तै, राधेश्याम लेकालीले उपयुक्त स्रष्टालाई सम्मानका लागि छनोट गरिएको भन्दै समाजलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

समाजकी पूर्वमहासचिव तथा गीतकार पुष्पा खनालले आफ्नी आमा दमन्ता खनालको स्मृतिमा २०७५ सालमा यो सम्मान स्थापना गर्नुभएको हो । स्वर्गीय आमाको जन्मदिनको अवसर पारेर यस वर्षको सम्मान प्रदान गरिएको जनाइएको छ ।

कार्यक्रममा पुष्पा खनालद्वारा रचित गजल ‘पिरतीको गीत’को लिरिकल भिडियो पनि सार्वजनिक गरिएको थियो । उक्त गजलमा गंगा सोनामको स्वर रहेको छ भने नरेन्द्र प्यासीले संगीत दिनुभएको छ । समारोहको समापन गर्दै समाजका महासचिव तथा सभाध्यक्ष प्रकाश घायलले काफ्लेलाई सम्मान गर्न पाउँदा संस्था स्वयं पनि सम्मानित भएको बताउनुभयो । समितिमा पुष्पा खनाल र रञ्जना निरौला सदस्य रहनुभएको थियो ।

यस सम्मानबाट हालसम्म सिर्जना शर्मा, इन्द्रा गहतराज, डिक्रा वादी, प्रतिमा पोख्रेल, निर्मला मुरारी, लता गिरी, यमुना पराजुली, लक्ष्मी तिवारी (तिवारी आमा)लगायतका स्रष्टाहरू सम्मानित भइसक्नु भएको छ । कार्यक्रममा समाजका सदस्य शंकर भारतीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजिकरण माधव विडारी चेतनपथले गर्नुभएको थियो ।

Advertisement Banner
Previous Post

“४ अर्ब ७८ करोडको सेयर हेरफेरदेखि फर्जी अंशबन्डासम्म : दीपक भट्ट–सुलभ अग्रवाल नेटवर्कको ‘आइपी’ जालो खुलासा

Next Post

राष्ट्रपतिद्वारा तनहुँस्थित चुँदी रम्घामा भानु साहित्य उद्यानको शिलान्यास

Editorial Team

Editorial Team

Next Post
राष्ट्रपतिद्वारा तनहुँस्थित चुँदी रम्घामा भानु साहित्य उद्यानको शिलान्यास

राष्ट्रपतिद्वारा तनहुँस्थित चुँदी रम्घामा भानु साहित्य उद्यानको शिलान्यास

Recommended

Novak Djokovic Into Wimbledon Semifinals With 5-Set Comeback Win

Novak Djokovic Into Wimbledon Semifinals With 5-Set Comeback Win

4 years ago
NASA Provides Update to Astronaut Moon Lander Plans Under Artemis

NASA Provides Update to Astronaut Moon Lander Plans Under Artemis

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.