Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

दुबईको जेबेल अली औद्योगिक क्षेत्रमा भीषण विस्फोट, कारण अझै खुल्न सकेन

Editorial Team by Editorial Team
August 5, 2026
in News, World
0
दुबईको जेबेल अली औद्योगिक क्षेत्रमा भीषण विस्फोट, कारण अझै खुल्न सकेन
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — संयुक्त अरब इमिरेट्स (युएई)को दुबईस्थित जेबेल अली औद्योगिक क्षेत्रमा भीषण विस्फोट भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार करिब २० मिनेटको अन्तरमा सातवटा विस्फोटका आवाज सुनिएको बताइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा रातको समयमा आकाशभरि बाक्लो धुवाँको मुस्लो फैलिएको देखिन्छ। घटनास्थल नजिक रहेका बासिन्दाहरूले पनि ठूलो आवाजसहित विस्फोट भएको पुष्टि गरेका छन्।

इरानको ‘मेहर’ समाचार संस्थाले इमिराती अधिकारीहरूलाई उद्धृत गर्दै घटनाबारे जानकारी दिएको हो। घटनाको भिडियो खिचेको आरोपमा दुई जनालाई पक्राउ गरिएको पनि रिपोर्टमा उल्लेख छ।

विस्फोट कुनै सैन्य आक्रमणका कारण भएको हो वा औद्योगिक दुर्घटनाको परिणाम हो भन्ने विषयमा भने हालसम्म आधिकारिक पुष्टि भएको छैन। अमेरिका–इरानबीच बढ्दो तनावका बीच केही इराकी सञ्चारमाध्यमहरूले यमनबाट युएईतर्फ मिसाइल आक्रमण भएको दाबी गरेका छन्। तर, युएईका अधिकारीहरूले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

मेहरका अनुसार नासाको थर्मल इमेजरी प्रतिवेदनले जेबेल अली बन्दरगाहसँग जोडिएको इन्धन भण्डारण तथा स्थानान्तरणका लागि प्रयोग हुने गोदाम क्षेत्रमा आगलागी भएको संकेत गरेको छ। घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने तत्काल सार्वजनिक गरिएको छैन।

दुबई सहरको केन्द्रबाट करिब २५ माइल दक्षिण–पश्चिममा रहेको जेबेल अली युएईको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र हो। यहाँ विश्वकै ठूलो मानवनिर्मित बन्दरगाहमध्ये एक, स्वतन्त्र व्यापार क्षेत्र (फ्री ट्रेड जोन) तथा ‘पाम जेबेल अली’ परियोजना अवस्थित छन्।

अमेरिका–इरानबीचको बढ्दो तनावका कारण युएई पछिल्लो समय उच्च सतर्कतामा रहेको छ। यस क्षेत्रमा रहेका अमेरिकी साझेदार राष्ट्रहरूमाथि सम्भावित जवाफी आक्रमणको जोखिम बढिरहेका बेला जेबेल अलीमा भएको विस्फोटले सुरक्षा चासो थप बढाएको छ।

Advertisement Banner
Previous Post

रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने

Next Post

भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयको ताला खुल्यो, सेवा पुनः सञ्चालनमा

Editorial Team

Editorial Team

Next Post
भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयको ताला खुल्यो, सेवा पुनः सञ्चालनमा

भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयको ताला खुल्यो, सेवा पुनः सञ्चालनमा

Recommended

Trump puts his own name on US Institute of Peace ahead of Rwanda-Congo peace deal

9 months ago
GE Gas Power To Acquire Nexus Controls from Baker Hughes, Expanding and Enhancing Lifecycle Controls Strategy and Value for Customers

GE Gas Power To Acquire Nexus Controls from Baker Hughes, Expanding and Enhancing Lifecycle Controls Strategy and Value for Customers

4 years ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.