काठमाडौँ । यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई प्रदान गरिने भएको छ । बालसाहित्य र रङ्गमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा श्रीवृद्धिका लागि योगदान पुर्याएवापत श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको हो ।
वरिष्ठ साहित्यकार प्रा रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिको सिफारिसअनुसार विसं.२०८१ सालको पुरस्कार सर्जक केदार श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको हो ।
नेपाली साहित्यमा युवा पुस्तालाई प्रेरणा दिने महत्त्वपूर्ण पुरस्कार मानिने यस पुरस्कार राष्ट्रिय विभूति साहित्यकार मोतीराम भट्टको सम्झनामा विसं. २०४२ मा स्थापना भएको हो । ४० वर्ष ननाघेका युवा सर्जकलाई ४० हजार नगद, स्वर्ण पदक र प्रमाण पदकसहित पुरस्कार हरेक वर्ष मोती जयन्ती कुशे औँसीको दिन प्रदान गरिँदै आएको छ ।
नियमित प्रदान गरिँदै आएको ‘युवा वर्ष मोती पुरस्कार’ सर्वप्रथम साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो भने अघिल्लो वर्ष २०८० मा कवि, गीतकार तथा अनुवादक प्रमोद सारङ्गलाई प्रदान गरिएको थियो ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.