Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

मुक्तकमणि तीर्थराज अधिकारी सम्मानित

Editorial Team by Editorial Team
March 15, 2026
in Awards, Literature, Nepal, News
0
मुक्तकमणि तीर्थराज अधिकारी सम्मानित
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

अमेरिका, मुक्तकमणि उपनामले चर्चित साहित्यकार तीर्थराज अधिकारी सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टरले आयोजना गरेको कार्यक्रममा एनसिएनसीका अध्यक्ष ददिन पाण्डे, अनेसासका च्याप्टर महासचिव मनोज प्रधान र सल्लाहकार ईश्वर देवकोटाले अधिकारीलाई खादा र टोपी लगाएर सम्मान गर्नुभयो । सो अवसरमा अधिकारीकी पत्नी सीतादेवी अधिकारीलाई पनि सम्मान गरिएको थियो ।

मुक्तकमणि अधिकारी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रस्टी पनि हुनुहुन्छ । उहाँका नौ साहित्यिक कृति र पाँच शब्द रचनाका अडियो एल्बम प्रकाशित छन् । सो कार्यक्रममा अधिकारीले एक वर्षअघि मात्र प्रकाशित चतुष्पदी ढाँचामा लेखिएको सारवत मुक्तक सङ्ग्रहका एक दर्जन जति उत्कृष्ट मुक्तक वाचन गर्नुभएको थियो । यसै गरी साहित्यकार अधिकारीले मुक्तकका बारेमा जानकारी दिनुका साथै उपस्थित साहित्यकारले सोधेको प्रश्नको उत्तर दिनुभएको थियो । अधिकारीले आफूले सधैँ सरल र बोधगम्म भाषामा कविता तथा मुक्तक लेख्ने गरेको स्मरण पनि गराउनुभएको थियो ।

सो अवसरमा अधिकारीको परिचय दिने क्रममा साहित्यकार डा. ऋषि बस्ताकोटीले लमजुङको दुराडाँडामा जन्मेर ५० वर्षभन्दा लामो समय निरन्तर साहित्य साधनामा लाग्नु एक महान् उपलब्धि हो भन्दै उहाँको जस्तो ऊर्जाशील व्यक्तित्व सबैका लागि एक प्रेरणा हो भन्नुभयो । डा. बस्ताकोटीले साहित्यकार अधिकारी नेपालमा सरकारी कर्मचारीका रूपमा जुन जुन स्थानमा गए पनि तत् तत् स्थानमा कुनै न कुनै साहित्यिक गतिविधिमा सक्रिय रहनुभएको प्रसङ्ग पनि उठाउनुभएको थियो ।
सो अवसरमा साहित्यकारहरू प्रभा पोखरेल, मनोज प्रधान, आरपी पौडेल, मधु माधुर्य, डा. चिरञ्जीवी भट्टराई, डा. शरद पराशर मरहट्ठा, नम्रता गुरागाईं, नगेन्द्र न्यौपाने, डा. भाष्कर कुँवर, कृष्णराज खनाल आदिले अधिकारीका चोटिला मुक्तक वाचन गर्नुभएको थियो ।

Advertisement Banner
Previous Post

चैत पहिलो साता भक्तपुर फिल्म महोत्सव हुँदै

Next Post

तिलोत्तमा साहित्य सङ्गमको १८औँ शृङ्खला सम्पन्न

Editorial Team

Editorial Team

Next Post
तिलोत्तमा साहित्य सङ्गमको १८औँ शृङ्खला सम्पन्न

तिलोत्तमा साहित्य सङ्गमको १८औँ शृङ्खला सम्पन्न

Recommended

मौलिकता र अध्यात्मको खोजी चित्रात्मक दस्तावेजमा

मौलिकता र अध्यात्मको खोजी चित्रात्मक दस्तावेजमा

4 years ago

Mormon Church Speaks Publicly Against Utah Medical Cannabis Initiative

5 years ago

Don't Miss

Poetry by Reema Hamza of Syria

Poetry by Reema Hamza of Syria

November 25, 2026
Two Poems by Binay Laha

Two poems by Dr Binay Laha

November 25, 2026
Poetry by Thi Lan Anh Tran

Poetry by Thi Lan Anh Tran

November 22, 2026
Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.