Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

नारायण घिमिरेको ‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक

Editorial Team by Editorial Team
June 7, 2022
in Book Releases, Nepal
0
४१औं कथा दिवसका अवसरमा कथाकार मैनालीको स्मरण’
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

२३ जेष्ठ २०७९ काठमाडौँ, प्रज्ञा प्रतिष्ठानको एक सभाहलमा  शिखा बुक्सले आयोजना गरेको लोकार्पण कार्यक्रममा डेढ दशकदेखि क्यानडामा खाद्य तथा औषधिविज्ञका रुपमा कार्यरत नारायण घिमिरेद्वारा लिखित ‘नेपाली रैथाने जडिबुटी’ पुस्तक सार्वजनिक भएको छ ।

पुस्तकमा तितेपाती, धुर्सेली, खिर्रो, रुद्राक्ष, कुश, टिमुर, दुबो, मोरिङ्गा, सिमललगायत औषधीय गुणले भरिपूर्ण जडिबुटीले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारेमा उल्लेख गरिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, शिखा बुक्सका पुष्पराज पौडेल, विश्लेषक आमोद पोख्रेल, समीक्षक राजकुमार बानिया र शैकर तिवारीले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गर्नुभयो ।

पुस्तकको विमोचन गर्दै पूर्वमन्त्री थापाले प्रचुर सम्भावना भएको जडिबुटीको निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सरकारले आगामी बजेटमार्फत ‘प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम’ घोषणा गरेको उल्लेख गर्दै उहाँले जडिबुटीलाई आयआर्जनसँग जोड्नुपर्ने बताउनुभयो।

“योग, आयुर्वेद, रैथाने ज्ञान र जडिबुटीलाई पर्यटनसँग जोडेर लैजानुपर्छ,” थापाले भन्नुभयो ।

जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेलले पुस्तकले रैथाने जडिबुटीका बारेमा खँदिलो जानकारी दिएको बताउनुभयो ।

नेपालमा प्राप्त औषधिजन्य जडिबुटीको ‘क्लिनिकल ट्रायल’ गर्नसके नेपालले ठूलो आर्थिक लाभ लिनसक्ने उहाँको धारणा थियो ।

पुस्तकका लेखक घिमिरेले नेपालको जडिबुटीलाई नेपालमै अनुसन्धान गरेर यही खपत गर्ने नीति लिनुपर्ने र नेपाललाई खाद्य अनुसन्धानको केन्द्र बनाउनुपर्ने बताउनुभयो ।

 

तनहुँको बन्दिपुर गाउँपालिकास्थित याम्पाफाँटमा जन्मिनु भएका घिमिरे आयुर्वेदिक औषधिको साइड इफेक्टरहित गुण र एलोपेथिक ओखतीको तत्काल उपचार गर्ने क्षमता पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयको शोधकर्तासमेत हुनुहुन्छ ।

वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमार्फत हर्बलको खाद्य र औषधीय गुणको संयोजन गरी हिलिङ फुड निर्माणमा उनले विज्ञता प्राप्त गर्नुभएको छ ।

घिमिरेको गाँजा, हर्बल र ‘हिलिङ फुड’को प्रभावसम्बन्धी विभिन्न अनुसन्धनात्मक शोध प्रकाशित छन् ।

 

 

 

Advertisement Banner
Previous Post

४१औं कथा दिवसका अवसरमा कथाकार मैनालीको स्मरण’

Next Post

पोखरामा अन्तर्राष्ट्रिय आर्ट क्याम्प’हुने

Editorial Team

Editorial Team

Next Post
पोखरामा अन्तर्राष्ट्रिय आर्ट क्याम्प’हुने

पोखरामा अन्तर्राष्ट्रिय आर्ट क्याम्प’हुने

Recommended

आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने

आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने

3 months ago
Russian Invasion to Shrink Ukraine Economy by 45 Percent this Year

Russian Invasion to Shrink Ukraine Economy by 45 Percent this Year

4 years ago

Don't Miss

Balen Shah registers candidacy from Jhapa-5

PM Sushila Karki set to step down; Balen Shah likely to take oath Friday

March 24, 2026
RSP central committee meeting summoned

Supreme Court defers hearing on Lamichhane case

March 24, 2026
RSP central committee meeting summoned

RSP central committee meeting summoned

March 24, 2026

कपिलवस्तुको निषेधाज्ञा तीन दिनपछि हट्यो

March 24, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.