Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

नारायण घिमिरेको ‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक

Editorial Team by Editorial Team
June 7, 2022
in Book Releases, Nepal
0
४१औं कथा दिवसका अवसरमा कथाकार मैनालीको स्मरण’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२३ जेष्ठ २०७९ काठमाडौँ, प्रज्ञा प्रतिष्ठानको एक सभाहलमा  शिखा बुक्सले आयोजना गरेको लोकार्पण कार्यक्रममा डेढ दशकदेखि क्यानडामा खाद्य तथा औषधिविज्ञका रुपमा कार्यरत नारायण घिमिरेद्वारा लिखित ‘नेपाली रैथाने जडिबुटी’ पुस्तक सार्वजनिक भएको छ ।

पुस्तकमा तितेपाती, धुर्सेली, खिर्रो, रुद्राक्ष, कुश, टिमुर, दुबो, मोरिङ्गा, सिमललगायत औषधीय गुणले भरिपूर्ण जडिबुटीले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारेमा उल्लेख गरिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, शिखा बुक्सका पुष्पराज पौडेल, विश्लेषक आमोद पोख्रेल, समीक्षक राजकुमार बानिया र शैकर तिवारीले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गर्नुभयो ।

पुस्तकको विमोचन गर्दै पूर्वमन्त्री थापाले प्रचुर सम्भावना भएको जडिबुटीको निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सरकारले आगामी बजेटमार्फत ‘प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम’ घोषणा गरेको उल्लेख गर्दै उहाँले जडिबुटीलाई आयआर्जनसँग जोड्नुपर्ने बताउनुभयो।

“योग, आयुर्वेद, रैथाने ज्ञान र जडिबुटीलाई पर्यटनसँग जोडेर लैजानुपर्छ,” थापाले भन्नुभयो ।

जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेलले पुस्तकले रैथाने जडिबुटीका बारेमा खँदिलो जानकारी दिएको बताउनुभयो ।

नेपालमा प्राप्त औषधिजन्य जडिबुटीको ‘क्लिनिकल ट्रायल’ गर्नसके नेपालले ठूलो आर्थिक लाभ लिनसक्ने उहाँको धारणा थियो ।

पुस्तकका लेखक घिमिरेले नेपालको जडिबुटीलाई नेपालमै अनुसन्धान गरेर यही खपत गर्ने नीति लिनुपर्ने र नेपाललाई खाद्य अनुसन्धानको केन्द्र बनाउनुपर्ने बताउनुभयो ।

 

तनहुँको बन्दिपुर गाउँपालिकास्थित याम्पाफाँटमा जन्मिनु भएका घिमिरे आयुर्वेदिक औषधिको साइड इफेक्टरहित गुण र एलोपेथिक ओखतीको तत्काल उपचार गर्ने क्षमता पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयको शोधकर्तासमेत हुनुहुन्छ ।

वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमार्फत हर्बलको खाद्य र औषधीय गुणको संयोजन गरी हिलिङ फुड निर्माणमा उनले विज्ञता प्राप्त गर्नुभएको छ ।

घिमिरेको गाँजा, हर्बल र ‘हिलिङ फुड’को प्रभावसम्बन्धी विभिन्न अनुसन्धनात्मक शोध प्रकाशित छन् ।

 

 

 

Advertisement Banner
Previous Post

४१औं कथा दिवसका अवसरमा कथाकार मैनालीको स्मरण’

Next Post

पोखरामा अन्तर्राष्ट्रिय आर्ट क्याम्प’हुने

Editorial Team

Editorial Team

Next Post
पोखरामा अन्तर्राष्ट्रिय आर्ट क्याम्प’हुने

पोखरामा अन्तर्राष्ट्रिय आर्ट क्याम्प’हुने

Recommended

ISB Executive Education to upskill professionals in Healthcare Management with Emeritus

ISB Executive Education to upskill professionals in Healthcare Management with Emeritus

3 years ago
Sahitya Akademi presents award to Namita Gokhale for Things To Leave Behind

Sahitya Akademi presents award to Namita Gokhale for Things To Leave Behind

4 years ago

Don't Miss

Saudi Arabia cuts January oil prices to Asia to five-year low

Saudi Arabia cuts January oil prices to Asia to five-year low

December 5, 2025
UK Universities halt admissions from Bangladesh, Pakistan over alleged visa misuse concerns

UK Universities halt admissions from Bangladesh, Pakistan over alleged visa misuse concerns

December 5, 2025
India, Russia Sign Multiple Agreements Across Key Sectors

India, Russia Sign Multiple Agreements Across Key Sectors

December 5, 2025
More than diplomacy: PM Modi, President Putin meet in Delhi, new chapter in shifting world order

More than diplomacy: PM Modi, President Putin meet in Delhi, new chapter in shifting world order

December 5, 2025
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.