Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Health & medicine

‘मन्द विष’को चपेटामा नेपाल, ३४ प्रतिशत नागरिक अझै विष सेवन गर्दै

Editorial Team by Editorial Team
August 9, 2026
in Health & medicine, Nepal, News
0
‘मन्द विष’को चपेटामा नेपाल, ३४ प्रतिशत नागरिक अझै विष सेवन गर्दै
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग अझै पनि गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा कायम रहेको नयाँ अध्ययनले देखाएको छ। पछिल्लो अनुसन्धानअनुसार १५ देखि ६९ वर्ष उमेर समूहका तीनमध्ये एकभन्दा बढी नेपाली अझै पनि कुनै न कुनै प्रकारका सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्। अझ चिन्ताजनक पक्ष के छ भने चुरोटभन्दा बढी खैनी, गुट्खा, जर्दा लगायतका धूम्रपानरहित सुर्तीजन्य पदार्थको प्रयोग तीव्र रूपमा फैलिएको पाइएको छ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई) का डा. जयकुमार गुरुङको नेतृत्वमा गरिएको अनुसन्धान प्रतिवेदन जर्नल अफ नेपाल मेडिकल एसोसिएसन (जेएनएमए) को पछिल्लो अंकमा प्रकाशित भएको हो। सातै प्रदेशका १ हजार ५ सय ८७ जना सहभागी रहेको अध्ययनमा ३४.०९ प्रतिशत उत्तरदाताले हाल पनि सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेको बताएका छन्।अध्ययनले पुरुषमा सुर्तीको लत महिलाको तुलनामा निकै बढी रहेको देखाएको छ। पुरुषमध्ये ५५.७६ प्रतिशत सुर्ती प्रयोगकर्ता रहेका छन् भने महिलामा यो दर ११.१५ प्रतिशत मात्रै छ। अनुसन्धानकर्ताहरूका अनुसार सामाजिक परम्परा, लामो समयदेखि बनेको बानी र चेतनाको अभावले पुरुषमा यसको प्रयोग उच्च देखिएको हो।
अझ गम्भीर तथ्य भनेको धूम्रपानरहित सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग हो। अध्ययनअनुसार हाल सुर्ती प्रयोग गर्नेहरूमध्ये ५५.४५ प्रतिशतले खैनी, गुट्खा, जर्दा जस्ता धूम्रपानरहित पदार्थ मात्रै प्रयोग गर्ने गरेका छन्। ३१.४२ प्रतिशतले चुरोट वा बिँडी मात्रै सेवन गर्ने र १३.१२ प्रतिशतले दुवै प्रकारका सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्। यसले नेपालमा चुरोटको मात्रै होइन, मुखको क्यान्सरलगायत गम्भीर रोगसँग जोडिएका धूम्रपानरहित सुर्तीको प्रयोग पनि तीव्र रूपमा बढिरहेको संकेत गरेको छ।
प्रदेशगत तथ्यांकले पनि ठूलो असमानता देखाएको छ। कर्णाली प्रदेशमा सबैभन्दा धेरै ४७.८३ प्रतिशत नागरिक सुर्ती प्रयोगकर्ता रहेका छन्। त्यसपछि कोशी (३८.१५ प्रतिशत), सुदूरपश्चिम (३६.९९ प्रतिशत), मधेश (३६.३४ प्रतिशत), लुम्बिनी (३४.७७ प्रतिशत) र गण्डकी (३१.३४ प्रतिशत) छन्। बागमती प्रदेशमा भने सबैभन्दा कम २४.०२ प्रतिशत नागरिकले मात्रै सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ।अध्ययनले उमेर, शिक्षा र आर्थिक अवस्थाबीच पनि स्पष्ट सम्बन्ध देखाएको छ। ४० वर्षभन्दा माथिका व्यक्तिमा सुर्ती सेवनको सम्भावना बढी रहेको छ। त्यस्तै अशिक्षित, पारिश्रमिक नपाउने काम गर्ने तथा तल्लो–मध्यम आर्थिक अवस्थाका परिवारका सदस्यहरू सुर्तीको लतमा पर्ने सम्भावना अन्य समूहभन्दा उल्लेखनीय रूपमा बढी रहेको निष्कर्ष निकालिएको छ।
कानुन भए पनि कार्यान्वयन कमजोर रहेको तथ्य पनि अध्ययनले उजागर गरेको छ। अधिकांश सहभागीले सार्वजनिक स्थानमा धूम्रपान निषेध गर्ने कानुनलाई सकारात्मक माने पनि ७५ प्रतिशतभन्दा बढीले यसको प्रभावकारी कार्यान्वयन नभएको बताएका छन्। सार्वजनिक स्थानमा धूम्रपान गरेको भन्दै कसैलाई जरिवाना गरिएको देखेको अनुभव सुनाउने उत्तरदाताको संख्या अत्यन्त न्यून रहेको पाइएको छ।स्वास्थ्य विज्ञहरूका अनुसार सुर्तीजन्य पदार्थका कारण नेपालमा हरेक वर्ष मुटुरोग, फोक्सोको क्यान्सर, मुखको क्यान्सर, दीर्घ श्वासप्रश्वास रोगलगायतका असंख्य असामयिक मृत्यु र स्वास्थ्य समस्या बढिरहेका छन्। त्यसैले सुर्ती नियन्त्रणलाई केवल व्यक्तिगत बानीको विषय नभई राष्ट्रिय सार्वजनिक स्वास्थ्य प्राथमिकताका रूपमा लिनुपर्ने आवश्यकता अध्ययनले औँल्याएको छ।
अनुसन्धानकर्ताहरूले धूम्रपान र धूम्रपानरहित दुवै प्रकारका सुर्तीजन्य पदार्थलाई लक्षित गरी नियन्त्रण अभियान विस्तार गर्न, विद्यमान कानुन कडाइका साथ कार्यान्वयन गर्न, अवैध बिक्री वितरण रोक्न तथा सुर्ती त्याग सेवाको पहुँच गाउँदेखि शहरसम्म विस्तार गर्न सरकारलाई सुझाव दिएका छन्। अध्ययनले स्पष्ट सन्देश दिएको छ—कानुन कडा नभएसम्म र जनचेतना प्रभावकारी नबढेसम्म नेपालमा सुर्तीको लत सार्वजनिक स्वास्थ्यका लागि ठूलो संकटकै रूपमा रहिरहनेछ।

Advertisement Banner
Previous Post

संघीयता, धर्मनिरपेक्षता र समावेशिता कमजोर पार्ने दिशामा सरकार : आङ्देम्बे

Next Post

बीपीको सशस्त्र संघर्षदेखि राष्ट्रिय मेलमिलापसम्म : धर्म गौतमले खोले ‘विद्रोहका ती दिन’

Editorial Team

Editorial Team

Next Post
बीपीको सशस्त्र संघर्षदेखि राष्ट्रिय मेलमिलापसम्म : धर्म गौतमले खोले ‘विद्रोहका ती दिन’

बीपीको सशस्त्र संघर्षदेखि राष्ट्रिय मेलमिलापसम्म : धर्म गौतमले खोले ‘विद्रोहका ती दिन’

Recommended

Women in the health and care sector earn 24 per cent less than men

Women in the health and care sector earn 24 per cent less than men

4 years ago
एमाले महाधिवेशनमा सहभागी दलहरूको अहिलेको सरकार अवैधानिक रहेको ठहर

एमाले महाधिवेशनमा सहभागी दलहरूको अहिलेको सरकार अवैधानिक रहेको ठहर

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.