Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

संघीयता, धर्मनिरपेक्षता र समावेशिता कमजोर पार्ने दिशामा सरकार : आङ्देम्बे

Editorial Team by Editorial Team
August 9, 2026
in Nepal, News
0
संघीयता, धर्मनिरपेक्षता र समावेशिता कमजोर पार्ने दिशामा सरकार : आङ्देम्बे
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ उन्मुख भएको महसुस हुन थालेको बताएका हुन्।
उनले भनेका छन्, ‘सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिहरू संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ त उन्मुख छैनन् भन्ने महसुस हुन थालेको छ।’
आङ्देम्बेले संविधानले सुनिश्चित गरेका राजनीतिक उपलब्धि कुनै दल वा सरकारको दया–कृपाबाट प्राप्त नभएको स्पष्ट पारेका छन्। उनका अनुसार संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकार नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि हुन्।
उनले संघीयतालाई ‘बोझ’का रूपमा चित्रित गर्ने, प्रदेश संरचनामाथि प्रश्न उठाउने तथा समानुपातिक प्रतिनिधित्व कमजोर बनाउने किसिमका बहसप्रति समेत असन्तुष्टि जनाएका छन्।‘कमजोरी छन् भने सुधार गरौँ। समस्या छन् भने समाधान गरौँ। तर जनताको संघर्षबाट प्राप्त उपलब्धि नै मास्ने कुरा स्वीकार्य हुन सक्दैन,’ आङ्देम्बेले भनेका छन्।उनले आदिवासी जनजाति समुदायको पहिचान, भाषा, संस्कृति र अधिकारलाई संविधानमा मात्रै सीमित नराखी व्यवहारमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्दै पहिचानसहितको संघीयतालाई संस्थागत र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।आङ्देम्बेले विश्व आदिवासी दिवसले समावेशी, समान र न्यायपूर्ण नेपाल निर्माणको संकल्पलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण आदिवासी जनजाति समुदायमा शुभकामनासमेत दिएका छन्।
Advertisement Banner
Previous Post

तीन प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व : नगरकोटी, ताम्राकार र खनाल कुलपति

Next Post

‘मन्द विष’को चपेटामा नेपाल, ३४ प्रतिशत नागरिक अझै विष सेवन गर्दै

Editorial Team

Editorial Team

Next Post
‘मन्द विष’को चपेटामा नेपाल, ३४ प्रतिशत नागरिक अझै विष सेवन गर्दै

‘मन्द विष’को चपेटामा नेपाल, ३४ प्रतिशत नागरिक अझै विष सेवन गर्दै

Recommended

ACT-Accelerator calls for fair share-based financing of US$ 23 billion to end pandemic as global emergency in 2022

ACT-Accelerator calls for fair share-based financing of US$ 23 billion to end pandemic as global emergency in 2022

5 years ago
The Open Masters Games Abu Dhabi 2026 Kicks off in Abudhabi

The Open Masters Games Abu Dhabi 2026 Kicks off in Abudhabi

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.