नेपालकै पहिलो रम्बास कविता सङ्ग्रह ‘डाली’ सार्वजनिक

 

तनहुँ , १९ चैत्र,   साहित्यकार शेषमणि आचार्यको रम्बास कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । शुक्लागणडकी ४ दुलेगौँडामा शनिवार एक कार्यक्रमकाबीच  नेपालकै पहिलो रम्बास कविता सङ्ग्रह ‘डाली’ सार्वजनिक गरिएको हो ।

 

लामो समयदेखि साहित्य क्षेत्रमा क्रियाशील आचार्यको आधा दर्जनभन्दा बढी कृतिहरु प्रकाशित भइसकेका छन् । यसअघि थुपै कृतिहरु प्रकाशित गरेपनि ‘डाली’ कविता सङ्ग्रह बजारमा ल्याउन पाउँदा उत्साहित रहेको आचार्यले बताए । उनले भने, “यसअघि थुपै कृतिहरु सार्वजनिक गरियो । तर यसपटक अलि फरक प्रयास गरेको छु । त्यसैलेपनि पाठकको प्रतिक्रिया सुन्न उत्साहित छु ।”

लेखकले हालसम्म समाजवाद बारे केही कुरा, पिताको पत्र पुत्रलाई, मलाई एउटा बाँसुरी देऊ जस्ता कृतिहरु प्रकाशित गरिसकेका छन् । ‘डाली’ कविता सङ्ग्रहमा १ सय २ वटा रम्बास कविताहरु रहेका छन् । डलीसहित आचार्यका सबै पुस्तक दुलेगौँडास्थित राधा स्टेशनरी स्टोर्सबाट बिक्रीवितरण गरिएको हो ।

Comments are closed.