Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

प्रा.डा. अभि सुवेदी सम्मानित

himalaya Diary News Service by himalaya Diary News Service
April 3, 2022
in Author, Awards, Feature, Literary Festival & Event, Literature, Nepal
0
प्रा.डा. अभि सुवेदी सम्मानित
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

 

 

पोखरा, १९ चैत्र, पोखराको नदीपुरस्थित प्रतिभा माविको प्रांगणमा शनिबार  अभि सुवेदी ठट्यौलो मुडमा देखिए । विद्यालयले बर्सेनि प्रदान गर्ने ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’ बाट उनलाई १ लाख राशिसहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा उनले प्राध्यापनको लामो अनुभवलाई सरल भाषामा सुनाए । विगत ५३ वर्षदेखि विद्यार्थीलाई अगाडि राखेर मुख हेर्दै आएकोमा अहिले पनि पढाइरहेको बताए । ‘अगाडि विद्यार्थी राखेर उनीहरूका मुख हेरेको ५३ वर्ष भएछ । यत्ति हो, अहिले जुम प्रविधिबाट हेरिरहेको छु,’ उनले भने ।

 

शिक्षण पेसामा रहँदा खुसी मिले पनि उनको केही चित्त दुखाइ छ । ‘शिक्षक नदी किनारको माझीजस्तै हुन् । यात्रु तर्छन्, जान्छन्, माझी उही रहन्छन् । शिक्षा र समय नदी हो, बगिरहन्छ । मेरो जिन्दगीभरको काममा खुसी छु, गर्व पनि छ । र, चित्त दुखेको पनि छ,’ उनले भने, ‘मैले पढाएका विद्यार्थीहरू सबै पदमा पुगे । देशका प्रधानमन्त्री पनि भए, शिक्षामन्त्री, विदेशमन्त्रीहरू भए । चित्त दुखेको यहाँ हो कि मैले जे अपेक्षा गरेँ, त्यो भएन ।’ देशमा सोचअनुसार परिवर्तन आउन नसकेकोतर्फ उनको भनाइ लक्षित थियो । सम्मान लिँदा भने उनले असहज महसुस गरे । हत्तपत्त सम्मान थाप्ने बानी नभएकाले पनि केही असहज महसुस गरेको उनले सुनाए । प्रा.डा. सुवेदीले झन्डै ६० वर्षदेखि कला र साहित्य तथा शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप सम्मान गरिएको विद्यालयले जनाएको छ ।

 

विद्यालयले प्रतिभा वर्ष सम्मान–२०७८ भने नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई प्रदान गरेको छ । क्रिकेट खेलमा पु¥याएको विशिष्ट योगदानको कदरस्वरूप एक लाख रुपैयाँसहित मल्ललाई विद्यालयले सम्मान गरेको हो । क्रिकेटर मल्लले आफूलाई गरिएको सम्मान सम्पूर्ण खेलाडीप्रतिको सम्मानका रूपमा लिएको बताए । यसअघि, युवा क्रिकेटर सन्दीप लामिछाने, राष्ट्रिय भलिबलकी कप्तान अरुणा शाहीलाई खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गरी जनही १ लाख राशिसहित सम्मान गरिसकेको छ । एचआईभी संक्रमित सगरमाथा आरोही गोपाल श्रेष्ठलाई पनि विद्यालयले सम्मान गरिसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए ।

 

 

शनिबार नै विद्यालयले छात्रा सीमा केसीलाई …प्रतिभा रत्न सम्मान–२०७८दिएको छ । …वर्ल्ड इकोनोमिक कप’ मा कास्य पदक जितेकी उनलाई विद्यालयले सम्मान गरेको हो । यस्तै, नेसनल इकोनोमिक्स ओलम्पियाडमा गण्डकी प्रदेशबाट छनोट हुन सफल कुमार बराललाई पनि सम्मान गरेको छ ।

Advertisement Banner
Previous Post

    नेपालकै पहिलो रम्बास कविता सङ्ग्रह ‘डाली’ सार्वजनिक

Next Post

तुइनको बाटो” कवितासंग्रह लोकार्पण 

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
तुइनको बाटो” कवितासंग्रह लोकार्पण 

तुइनको बाटो” कवितासंग्रह लोकार्पण 

Recommended

Krishna Prasad Yadav has been appointed Chief Minister of Madhesh Province

Madhesh Chief Minister Yadav to seek confidence vote on Dec 10

10 months ago
Siddharth Premier Insurance proposes 25% cash dividend despite quarterly loss

Siddhartha Premier Insurance contributes Rs 10.1 million to reconstruction fund

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.