Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

नेपाल मुक्तक प्रतिष्ठानद्वारा दुई पुरस्कारको घोषणा

Editorial Team by Editorial Team
January 27, 2026
in Awards, Literature, Nepal, News
0
नेपाल मुक्तक प्रतिष्ठानद्वारा दुई पुरस्कारको घोषणा
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाल मुक्तक प्रतिष्ठानले मुक्तककारहरु उषा शेरचनलाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ र डा. रूपक श्रेष्ठलाई ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । यी दुई पुरस्कारको राशि क्रमशः एकाउन्न हजार र एकतीस हजार रुपैयाँ रहेको
छ ।
वि. सं. २०१२ भदौ ६ गते जन्मिएकी उषा शेरचनका ‘अक्षरहरूका शिविरबाट’ र ‘त्रासदीका हिमनदी’ मुक्तकसङ्ग्रहहरूलगायत विभिन्न विधाका एक दर्जन कृतिहरू प्रकाशित छन् ।शेरचन वि.सं. २०३५ सालमा पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पोखरामा नेपालमै पहिलो पटक सशुल्क सम्पन्न ‘टिकटमा मुक्तक’ कार्यक्रमकी प्रणेता तथा अत्यन्त सक्रिय आयोजकमध्ये एक हुनुहुन्छ ।
यसैगरी वि. सं. २०२२ माघ ६ गते जन्मनुभएका डा. रूपक श्रेष्ठका ‘पोख्तक’, ‘चौशूल’ र पोख्तकको अङग्रेजी अनुवाद मुक्तक कृतिलगायत विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित छन् । विगत लामो समयदेखि बेलायतमा बस्दै आउनुभएका श्रेष्ठले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली मुक्तकको विकास र विस्तारका निम्ति महत्त्वपूर्ण योगदान गर्दै आउनुभएको छ ।
दुवै स्रष्टाहरूले मुक्तकको उन्नयनमा गर्नुभएको योगदानका आधारमा पुरस्कृत गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । यसअघि ‘भीमदर्शन मुक्तक पुरस्कार’ यादव खरेल, सरुभक्त र नन्द हाङ्खिम तथा ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ रुद्र ज्ञवाली, अनुराधा ढकाल र खगेन्द्र गिरी कोपिलालाई समर्पण गरिएको थियो ।
नेपाली आधुनिक मुक्तकका प्रथम प्रयोक्ता भीमदर्शन रोका एवम् नेपाली मुक्तकका विशिष्ट साधकत्रय कृष्णप्रसाद पराजुली, रत्नशम्शेर थापा र चेतन कार्कीका सम्मानमा स्थापित यी दुवै पुरस्कारहरू प्रतिष्ठानको वार्षिकोत्सव तथा मुक्तक दिवसका अवसरमा आगामी माघ १८ गते आइतबार एक समारोहको आयोजना गरी समर्पण गरिने कुरा प्रतिष्ठानले जनाएको छ ।

Advertisement Banner
Previous Post

अमेरिकामा शताब्दीकै ‘खतरनाक’ शीतलहर, तापक्रम माइनस ३१ डिग्रीसम्म झर्‍यो

Next Post

Winning the Test Nation Franchise Trophy is a pleasure for me: Sandeep Lamichhane

Editorial Team

Editorial Team

Next Post
Winning the Test Nation Franchise Trophy is a pleasure for me: Sandeep Lamichhane

Winning the Test Nation Franchise Trophy is a pleasure for me: Sandeep Lamichhane

Recommended

China successfully sent five Jilin-1 Gaofen 03D (04~07) /04A satellites into preset orbits off the coast of the East China Sea

China successfully sent five Jilin-1 Gaofen 03D (04~07) /04A satellites into preset orbits off the coast of the East China Sea

4 years ago
RSP and Kathmandu mayor Balendra Shah reach ‘broad unity’ deal; Balendra Shah named prime ministerial face

RSP and Kathmandu mayor Balendra Shah reach ‘broad unity’ deal; Balendra Shah named prime ministerial face

3 months ago

Don't Miss

First session of new Parliament from today

First session of new Parliament from today

April 2, 2026
होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

April 2, 2026
मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

April 2, 2026
आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

April 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.