काठमाडौँ –नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस धनगढीमा सुरु भएको छ । जुलुस धनगढीको चौराहबाट सुरु भई नगरभरि प्रदर्शन हुँदैछ ।
जुलुसमा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता देखिएको छ । सहभागीहरूले विभिन्न नारा लेखिएका झण्डा र प्लेकार्ड लिएर र्यालीमा भाग लिएका छन् ।
र्यालीपछिको सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल, र नेता भीम रावलले सम्बोधन गर्ने तयारी रहेको छ।







