२०७८ सालको नइ पुरस्कार नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जना महानुभावलाई समर्पण गर्ने घोषणा गरेको छ ।
नइ प्रकाशनबाट सुनगाभा विशेषज्ञ प्रा.डा.विजया पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार श्रीमती गङ्गा लिगललाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
यी दुवै पुरस्कारका राशि ताम्रपत्रसहित जनही साठी हजार रुपियाँ रहेका छन् ।
त्यसैगरी काठमाडौँ उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यमा क्रियाशील कञ्चनपुरका श्रीमती नारा जोशीलाई ‘नइ बुलु शर्मा पुरस्कार’, साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ता श्री ठाकुर बेलवासेलाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलङ्गी श्री भक्ति शाहलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गरिने भएको छ ।
यी तीनै पुरस्कारका राशि ताम्रपत्रसहित जनही पचास हजार रुपियाँ रहेका छन् ।
साथै मिस नेवा सुश्री कृसा महर्जनलाई ताम्रपत्रसहित पच्चीस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ ।
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
Comments are closed.