Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

निर्मला मुरारी खनाललाई दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान

himalaya Diary News Service by himalaya Diary News Service
April 24, 2022
in Literary Festival & Event, Literature, Nepal
0
निर्मला मुरारी खनाललाई दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं ९ वैशाख, २०७९ ।

 

नेपाल स्रष्टा समाजबाट बर्सेनि प्रदान गरिने दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान यस वर्षका लागि काठमाडौँ मुलपानीकी साहित्यकार तथा शैक्षिक अभियन्ता निर्मला मुरारी खनाललाई प्रदान गरिएको छ । निज खनालले अध्ययन गर्नुभएको विद्यालय श्री राष्ट्रिय निर्माण माध्यमिक विद्यालयमै गएर विद्यालयका प्राध्यापक, अभिभावक तथा विद्यार्थीहरूका बीचका सो सम्मान प्रदान गरिएको हो ।

 

निरन्तर साहित्य र समाजसेवामा लागिपरे तापनि ओझेलमा परेका व्यक्तिलाई अर्पण गरिने सो सम्मानका निमित्त नेपाल स्रष्टा समाजलाई धन्यवाद दिँदै साहित्यकार खनालले आफ्नो घरआँगनमै आएर आफूलाई यसरी सम्मान गरिएकोमा समाजलाई धन्यवाद दिनुभयो ।

 

दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान समाजसेवा तथा नेपाली साहित्यको सिर्जना र प्रवर्धनमा निरन्तर रहेर पनि ओझेलमा परेका स्रष्टालाई प्रदान गरिन्छ । ‘समाजसेवा र साहित्यमा निरन्तर क्रियाशील रहे पनि ओझेलमा को छ भन्दै खोज्न निकै कठिन हुने बताउँदै समाजका अध्यक्ष विधान आचार्यले भन्नुभयोः ‘ स्थापित पुरस्कारको मर्मलाई सुहाउँदो व्यक्तिका रूपमा निर्मलालाई पाएर नै नेपाल स्रष्टा समाजले समितिको सिफारिसलाई अनुमोदन गरेको हो ।’ सो सम्मानका लागि श्री साहित्यकार ईल्या भट्राईका संयोजकत्वमा श्री श्रीओम् श्रेष्ठ रोदन र श्री पुष्पा खनाल रहनुभएको एक सिफारिस समिति बनेको र त्यसैका आधारमा यो सम्मान अर्पण गरिएको बताउनुभयो ।

 

साहित्यकार नारायण ढकालले स्वागत मन्तव्य राख्दै नेपाल स्रष्टा समाजले योग्य व्यक्तिको चयन गरेर सम्मानहरू अर्पण गर्ने गरेको बताउनुभयो । समाजका संरक्षक पवन आलोक, समाजका निवर्तमान उपाध्यक्ष प्रा.डा. गोविन्दमानसिंह कार्की, राष्ट्रिय निर्माण मा.वि. व्यवस्थापन समितिका अध्यक्ष नवराज फुयाँल, प्रधानाध्यापक पुरुषोत्तम पहाडी र सचिव जानु धितालले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा साहित्यकार ममता मृदुलले सम्मानित स्रष्टाको परिचय राख्नुभएको थियो । सम्मानित खनाल आफू ४० वर्ष पुगेपछि अध्ययन गरेर एसएलसी उत्तीर्ण गरेको र आफूजस्तै पढ्न नपाएका आफ्ना उमेरका महिलालाई पढ्न उत्प्रेरित गर्ने व्यक्ति हुनुहुन्छ । उहाँले महिला विद्यालय खोली ४५ जना महिलालाई शिक्षा दिने काम गर्नुभएको थियो । उहाँका दुई साहित्यिक कृति पनि प्रकाशित छन् ।

प्रत्येक वर्ष प्रदान गरिने यो सम्मानको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेकामा संस्थापकको आग्रहमा यस वर्षबाट १५ हजार १ सय ११ रुपैयाँ बनाइएको छ । वि.सं. २०७८ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान भोजपुरकी समाजसेवी तथा साहित्यकर्मी प्रतिमा पोख्रेललाई प्रदान गरिएको थियो ।

 

Advertisement Banner
Previous Post

‘बाबा महिमा’ खण्डकाव्य विमोचित

Next Post

Four children killed in home fire in Nepal

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Four children killed in home fire in Nepal

Four children killed in home fire in Nepal

Recommended

Rajpal Yadav granted interim bail in cheque bounce case

Rajpal Yadav granted interim bail in cheque bounce case

1 month ago
Russian Invasion to Shrink Ukraine Economy by 45 Percent this Year

Russian Invasion to Shrink Ukraine Economy by 45 Percent this Year

4 years ago

Don't Miss

First session of new Parliament from today

First session of new Parliament from today

April 2, 2026
होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

April 2, 2026
मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

April 2, 2026
आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

April 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.