Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

प्रसिद्ध कथाकार र उपन्यासकार भवानी भिक्षुको ११३ औं जन्मजयन्ती सम्पन्न

Editorial Team by Editorial Team
June 5, 2022
in Author, Nepal
0
प्रसिद्ध कथाकार र उपन्यासकार भवानी भिक्षुको ११३ औं जन्मजयन्ती सम्पन्न
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

जेठ २१ तौलिहवा, , कपिलबस्तुमा नेपाली प्रसिद्ध कथाकार र उपन्यासकार भवानी भिक्षुको ११३ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । उनको गृह जिल्ला कपिलबस्तु नै हो । तौलिहवामा नव कपिलवस्तु साहित्यिक समाजलगायतका संस्थाले विभिन्न कार्यक्रम गरी मनाएका छन् । उनले मदन र साझा पुरस्कार जितेका थिए । सदरमुकाम तौलिहवास्थित भिक्षु चोकमा रहेको भवानीप्रसाद गुप्ता ‘भवानी भिक्षु’ को सालिकमा साहित्यकारहरुले माल्यार्पण गर्दै भिक्षुको जीवनी र उनको कृति बारे चर्चा गरेका थिए ।
नेपाली साहित्यमा भिक्षुको योगदान अतुलनीय रहेको कपिलबस्तु नगरपालिका ३ का वडाध्यक्ष प्रकाश गैरेले बताए । ‘भिक्षुले लेखेका कृतिहरु अझै पनि जीवन्त रहेका छन् । उनले भने, ‘नेपाली साहित्यमा ठूलो गुन लगाउने साहित्यकार भिक्षुले आगत, अवान्तर, मैँया साहेव, पाइप नम्बर १ र २ लगायतका कृति, कविता, निवन्ध, लेख आदिमा मनोदशा र मनोविज्ञानलाई प्राथमिकता दिने गर्थे ।
कार्यक्रममा समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठी, वरिष्ठ साहित्यकार हरिराज शर्मा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य तौलिहवा उद्योग बाणिज्य संघका महासचिव अर्जुन चापागाई साहित्यकार सकुन्तला ज्ञवाली पौडेलले सात्यिकार भवानी भिक्षुले नेपाली साहित्यको विकासमा अतुलनीय योगदानको चर्चा गरे ।
नव कपिलबस्तु साहित्यिक समाजले प्रदान गर्ने साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कपिलबस्तुको तौलिहवाका कवि शकुन्तला ज्ञवाली पौडेललाई दिने निर्णय गरेको छ । विगत वर्षहरुमा लुम्बिनी अञ्चलका साहित्यकारलाई दिँदै आएकोमा यस वर्षदेखि कपिलबस्तुकै साहित्यकारलाई दिने निर्णय गरिएको वरिष्ठ साहित्यकार हरिराज शर्माले बताए ।
११ हजार १११ रुपियाँसहित यही जेठ २३ गते सोमबार आनन्दबागस्थित राधाकृष्ण मन्दिरमा पुरस्कृत गरिने नव साहित्यिक समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठीले बताउनुभयो ।

Advertisement Banner
Previous Post

साहित्यकार शेखर ढुंगेलको कथाकृति ‘जात’को लोकार्पण

Next Post

कलाकार पल शाहलाई थुनामै राख्न आदेश

Editorial Team

Editorial Team

Next Post
कलाकार पल शाहलाई थुनामै राख्न आदेश

कलाकार पल शाहलाई थुनामै राख्न आदेश

Recommended

Children who had bronchitis linked to adult lung problem

4 years ago
PM Balen Shah tells Madhesh leaders he is committed to federalism and secularism

PM Balen Shah tells Madhesh leaders he is committed to federalism and secularism

2 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.