त्रिमूर्ति दिवसमा ६३ जनालाई पुरस्कार र पदक प्रदान

२१, जेठ,काठमाडौं, प्रा.डा. वासुदेव त्रिपाठीले शनिबार राजधानीमा विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गरेका छन् ।
त्रिपाठीले आधा शताब्दीदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा विशिष्ट योगदान गर्नुहुने गोविन्दराज विनोदीलाई ‘लेखनाथ पौड्याल पुरस्कार’ प्रदान गरे ।
त्यसैगरी नेपाली नाट्यकलाको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नाटक र चलचित्रको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्याउन अति विशिष्ट योगदान गर्नुहुने श्रीमती मिथिला शर्मालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरे ।
त्यसैगरी शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको छ। ताम्रपत्रका साथै यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपियाँ रहेको छ ।
समारोहमा जनही पच्चीस हजार रूपियाँ राशि सहितको ‘भद्र घले पदक’ तारानाथ दाहाल र प्रा.डा. उषा ठाकुरलाई प्रदान गरियो । यो पदक त्रिमूर्ति निकेतनका सदस्यलाई मात्र प्रदान गरिन्छ ।
त्रिपाठीले शताब्दी पुरुष सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि समर्पित ५८ महानुभावलाई सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरेका थिए ।
‘सत्यमोहन जोशी शताब्दी पदक’ यसअघि २२६ जना महानुभावले ग्रहण गरिसकेका छन् ।

 

 

Comments are closed.