काठमाडौँ — नेपाल स्रष्टा समाजले वरिष्ठ आख्यानकार द्वय गणेश रसिक र ध्रुव सापकोटालाई संयुक्त रुपमा ‘परशु–कल्पना स्रष्टा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ ।
सम्मानित स्रष्टालाई जनही रु ५० हजार १सय १ नगदराशिसहित सम्मान गरिने छ ।
नेपाली साहित्यमा पाँचदशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा विशिष्ट योगदान पु-याबापत उहाँहरुलाई यो सम्मान अर्पण गरिन लागेको हो ।
स्मरणीय छ नेपाली आख्यान जगतका शिर्ष प्रतिभा परशु प्रधानको निधनको ४५औं पुण्यतिथिका दिन आफ्ना पिता परशु प्रधान तथा माता कल्पना प्रधानको नाममा एक लाख एकसय एक रुपैयाँ नगद राशिसहितको ‘परशु–कल्पना स्रष्टा सम्मान’उहाँका सन्तानहरुले नेपाल स्रष्टा समाजमार्फत् प्रत्येक वर्ष चैत ५ गते वितरण गर्ने गरी स्थापना गरिएको थियो ।
पहिलो वर्षको यो पुरस्कार संयुक्त रुपमा प्रदान गरिन लागेको हो ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
Trending Now
- 13 million people in Ukraine urgently need humanitarian assistance
- शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
- वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै
- बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय काठमाडौंमा बैठक सम्पन्न
- संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
- Nepali Ambassador to Belgium Lamsal presents credentials
- On the invitation of the Chinese Communist Party, the leaders of the Maoist Center reached Chongqing, China
- आज महावीर जयन्ती : जैन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम आयोजना गरी मनाउंदै
- मोदीवेणीधामको सम्पत्ति सार्वजनिक गर्न प्रशासनको पत्र
- National Health and Scientific Summit in Kathmandu from Thursday
Comments are closed.