कविताःसानो भए पनि मेरो खरले……

सानो भए पनि मेरो खरले छाएको झुपडि छ

दिन बिताएको छु यसैमा बर्षातमा चुहिएर भिजेको छु

 

मलाई दु:खि भएर समस्यामा पर्दा हेर्ने कोहि छैन

सबैलाई आफन्त सम्झे मैले,दु:ख पर्दा कोहि छैन

अनेक यातना पाए पनि  बाच्नलाई संङघर्ष गर्नुपर्दोरहेछ

गरिविको चोटले यो मन रुवाउदो रहेछ

 

धनिहरुलाई चौरासि व्यन्जन,अनेक परिकारहरु पाकिरहन्छन

गरिविले एक गास पनि पाएको छैन मैले खान

धनि ठुला ठुला महलमा निद्रामा  छटपटाएर निदाउछन

मेरो निद्रा यो झुपडिमा अनेक सपनाहरु देखिन्छन

 

को छ र सोध्ने गरिवको यो संसारमा

परिवर्तनको नारा लगाउनेहरुले सिमित राखे नारामा

 

 गोबिन्द राज ओझा (राजन)     

 दिपायल सिलगढी न.पा. २ दिपायल डोटी     

 

Comments are closed.