Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

साहित्यकार द्वय गंगा कर्माचार्य र प्रभा बराल सम्मानित

himalaya Diary News Service by himalaya Diary News Service
March 27, 2022
in Author, Awards, Feature, Literary Festival & Event, Literature, Nepal
0
साहित्यकार द्वय गंगा कर्माचार्य र प्रभा बराल सम्मानित
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

१३ चैत्र, काठमाडौँ

काठमाडौँ १२ चैत्र, ओरिएन्ट कलेज बसुन्धराको सभा हलमा बहुमुखी प्रतिभाकी धनी वरिष्ठ बाल साहित्यकार गङ्गा कर्माचार्य पौडेल तथा आख्यानकार तथा नियात्राकार प्रभा बराललाई बलराम –टोपली साहित्य प्रतिष्ठान द्वारा सम्मानित गरिएको छ ।

वीरेन्द्र बहुमुखी क्याम्पस चितवनका प्राध्यापक श्री पूर्णप्रसाद अधिकारीले आफ्ना माता पिताको सम्मानमा २०६८ सालमा बलराम वाङ्मय प्रतिष्ठान स्थापना गर्नुभएको थियो । उक्त वाङ्मय प्रतिष्ठानमा माता–पिताको नाममा बलराम स्मृति पुरस्कार र टोपलीदेवी स्मृति पुरस्कार स्थापना गरिएको छ । बलराम वाङ्मय पुरस्कार साहित्यकार गंगा कर्माचार्य पौडेलको साहित्यिक योगदानमाथि प्रदान गरिएको थियो । पुरस्कृत दुवै व्यक्तित्वलाई वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले नगद पुरस्कार र सम्मान– पत्र प्रदान गर्नुभयो । माता– पितालाई अमर बनाउन यस्तो पुरस्कार स्थापना गर्नु र साहित्यका साधकलाई अर्पण गरी हौसला प्रदान गर्नु एकदमै अनुकरणीय कार्य रहेको कुरा कार्यक्रमका प्रमुख अतिथि गोविन्दराज भट्टराईले व्यक्त गर्नुभयो । नियात्राकार रुकु कार्की र राजेन्द्रमान डंगोलले पुरस्कृत व्यक्तित्वलाई बधाई एवम् शुभकामना मन्तव्य दिनुभएको थियो भने पुरस्कृत व्यक्तित्वले पनि पुरस्कारबाट आफूलाई हौसला मिलेको भन्दै आगामी दिनमा अझै बढी मिहिनेत गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । प्राध्यापक कपिल अज्ञातले कार्यक्रम सञ्चालनसहित पुरस्कृत स्रष्टाको परिचयबारे मन्तव्य राख्नुभएको थियो । कार्यक्रम बलराम वाङ्मय प्रतिष्ठानका अध्यक्ष श्री पूर्णप्रसाद अधिकारीको सभापतित्वमा भएको थियो । यो पुरस्कार पहिलोपटक नारी साहित्यकारलाई अर्पण गर्न पाउँदा गर्वबोध भएको कुरा उहाँले बताउनुभयो ।

Advertisement Banner
Previous Post

शान्तिको ‘बिरानो शहरमा’ सार्वजनिक

Next Post

ऐतिहासिक नक्सासहितको पुस्तक प्रकाशित

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
ऐतिहासिक नक्सासहितको पुस्तक प्रकाशित

ऐतिहासिक नक्सासहितको पुस्तक प्रकाशित

Recommended

Ranjana Niraula honored with ‘Charushila Pratibha Award’

चारुशीला वाङ्मय प्रतिष्ठान’द्वारा पुरस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न

4 years ago
Nepal Oil Corporation announces 10 percent dividend

Nepal Oil Corporation says LPG supply has returned to normal

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.