काठमाडौं – नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान भएका छन्। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार अधिकारीलाई थुनामा पठाउन आदेश दिएको हो।पूर्वनिर्देशक मुरारी भण्डारीसँग भने ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको विशेष अदालतले जनाएको छ ।






