Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

रामेछापमा बस दुर्घटना पीडितहरुको आन्दोलन स्थगित, मृतकका आफन्त र यातायात व्यवसायीबीच सहमति

Editorial Team by Editorial Team
February 12, 2026
in Nepal, News
0
रामेछापमा बस दुर्घटना पीडितहरुको आन्दोलन स्थगित, मृतकका आफन्त र यातायात व्यवसायीबीच सहमति
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनापछि आन्दोलनरत मृतकका आफन्त तथा घाइतेका परिवारले आन्दोलन स्थगित गरेका छन् ।१२ जनाको मृत्यु भएको घटनामा मृतकका आफन्त तथा घाइतेका परिवारले गरेको आन्दोलन स्थान्ीय प्रशासनको रोहवरमा सहमतिपछि स्थगित भएको हो । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो ।
दुवै पक्षबीच भएको छलफलमा दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई कानूनबमोजिम क्षतिपूर्ति दिइने सहमति भएको छ । जिल्ला सुरक्षा समितिको सहजीकरणमा पीडित पक्ष र अरनिको यातायातबीच भएको सहमतिपछि आफन्तले शव परीक्षण गरी दाहसंस्कारका लागि लगेका छन् ।
सहमतिमा सवारी चालकलाई प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने भएको छ । दुर्घटनामा हराइरहेका आशंका गरिएकाको खोजी जारी राख्ने र हराईरहेका यात्रुको सम्बन्धमा पनि क्षतिपूर्ति सम्बन्धित निकायले उपलब्ध गराइने भएको छ ।
यस्तै, पीडित पक्षबाट प्राप्त माग पत्र र निवेदन कार्यान्वयन र सहजीकरणका लागि अरनिको यातायात, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने साथै पीडित पक्षबाट गरिएका विरोधका सबै कार्यक्रमहरु स्थगित गर्ने सहमति बनेको छ ।
यस्तै, सवारी साधन सञ्चालन गर्दा जीउधन जोखिम पार्ने गरी सवारी साधन अटेर गरी चलाएको पाइएमा प्रचलित कानून बमोजिम सवारी साधनको दर्ता खारेज गर्ने विषय पनि सहमतिमा उठाइएको छ । प्रत्येक स्थानीय तहमा स्थानीय सवारी साधनको सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने, सवारी साधन सञ्चालन गर्ने सम्बन्धमा सम्बन्धित यातायात व्यवसायी तथा समितिले जिम्मेवारी बहन गर्ने र दायित्व पूरा गर्ने प्रतिवद्धता जनाइएको छ ।रामेछाप भित्रिने तथा जिल्ला भित्रका सडकमा सञ्चालन हुने सवारी साधनको सीमा नाका तथा अन्य चेकप्वाइन्टमा प्रहरीले अनिवार्य चेकजाँच गरिने भएको छ । यात्रुको संख्या, सवारी प्रवेशको समय लगायतका अनिवार्य रूपमा अभिलेख राख्ने व्यवस्था मिलाइने भएको छ ।

Advertisement Banner
Previous Post

आइसिसी टी–२० विश्वकपः आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै

Next Post

बंगलादेशमा आज आम निर्वाचन, मतदान जारी

Editorial Team

Editorial Team

Next Post
बंगलादेशमा आज आम निर्वाचन, मतदान जारी

बंगलादेशमा आज आम निर्वाचन, मतदान जारी

Recommended

New Australian study shows devastating impact of coerced business debt

New Australian study shows devastating impact of coerced business debt

4 months ago
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वमन्त्री आचार्यसँग साढे २ लाख धरौटी माग

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वमन्त्री आचार्यसँग साढे २ लाख धरौटी माग

5 days ago

Don't Miss

नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

March 29, 2026
वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

March 29, 2026
अक्षरमार्गद्वारा ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम

अक्षरमार्गद्वारा ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम

March 29, 2026
Qatar and Ukraine SIGN defence cooperation agreement

Qatar and Ukraine SIGN defence cooperation agreement

March 29, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.